गुल्मी ।
सरकारद्धारा प्रतिवन्धीत नेत्र विक्रम चन्द विप्लव नेकपा समूहका गुल्मी जिल्ला सदस्य गोविन्दबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई सदरमुकाम तम्घासबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिनुभयो ।
मुसिकोट नगरपालीका घर भएका आकाश भनिने गोविन्दबहादुर विक कामको सिलसिलामा सदरमुकाम तम्घास पुगेको समयमा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका विकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तम्घासको हिरासदमा राखिएको छ । पछिल्लो समय विप्लव समूहले गुल्मी जिल्लामा चन्दा आतंक बढाएको भन्दै प्रहरीले विप्लव समूहका गतिविधिमाथि निगरानी बढाएको छ ।
१४ माघ २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया