८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

गरिवी निवारणका लागि उद्यम विकास कार्यक्रम संचालन गर्न समिति गठन



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपलिकामा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम संचालन गर्न सोमबार नगरस्तरीय उद्यम विकास समिति गठन गरिएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय तौलिहवा कपिलवस्तुको सहयोग तथा सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजनमा कपिलवस्तु जिल्लाका पाँच वटा स्थानीय तहमा यो कार्यक्रम लागु गरिएको छ ।
कार्यक्रममा लघु उद्यम विकास कार्यक्रमको उद्देश्य, कार्यक्रमको प्रगती, संचालन प्रकृया, अपेक्षित उपलब्धीका बारेमा कार्यक्रम संयोजक थानेश्वर अधिकारीले जानकारी दिनुभयो । सो कार्यक्रमबाट बाणगंगा नगरपालिका वडा नं. ८ का वडाध्यक्ष गुणनिधि भुसालको संयोजकत्वमा ६ सदस्यिय बाणगंगा नगरस्तरीय लघु उद्यम विकास समिति गठन गरिएको छ ।
जसको सदस्यमा नाथुराम थारु,गिता भुसाल, अमृता बुढाथोकी र सदस्य सचिवमा बाणगंगा नगरपालिका आर्थिक विकास शाखा प्रमुख लेष बहादुर के.सी रहनु भएको छ । सो कार्यक्रममा बोल्दै बडाध्यक्ष भुसालले कार्यक्रम लक्षित बर्गका लागी अति उपयोगी रहेको र वडा भित्रका ५६ जनालाई उद्यमी बनाई उनीहरुलाई जिविकोपार्जनमा सहयोग पुरयाउन मद्दत गर्ने बताउनु भएको छ ।
कार्यक्रम वडाध्यक्ष भुसालको अध्यक्षता, बाणगंगा नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख लेष बहादुर केसी., राजस्व शाखा प्रमुख मदन घिमिरे, कार्यपालिका सदस्य गीता भुसाल, पुर्णकला सुनार, सिद्धार्थ सामाजिक विकास केन्द्रका सह सचिव दुर्गा अर्याल, कार्यक्रमका फोकल पर्सन हरि अधिकारी लगायतको आथित्यतामा सम्पन्न कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक थानेश्वर अधिकारीले गर्नु भएको थियो ।

प्रकाशित मिति : १३ माघ २०७६ सोमबार ००:००  ७ : ०९ बजे