काठमाडौं ।
हाल देशको तराइ भूभाग तथा केही पहाडी भूभागमा कुहिरो र हुस्सु लागेको तथा अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको र आज शुक्रबार दिउँसो देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।
आज राति देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने समेत पूर्वानुमान महाशाखाले जनाएको छ ।
भोलि दिउँसो देशभर मौसम सामान्यतया सफा रहने र राति देशका पश्चिमी भूभागमा आंशिक बदली भए पनि बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । आउँदो आइतबार दिउँसो र राति देशभर मौसम सामान्यतया सफा रहने जनाइएको छ ।
प्रतिक्रिया