मायादेवी अनलाइन, तौलिहवा ।
राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का केन्द्रिय उपाध्यक्ष तथा पूर्व मन्त्री सर्वेन्द्रनाथ शुक्लाले राजपा सरकारमा नजाने दाबी गरेका छन । उनले आफुरुको माग सम्बोधन नभएसम्म अहिले सम्म पार्टी सरकारमा जाने कुनै सोच नभएको बताए । राजपा कपिलवस्तुको तौलिहवामा विहीबार भएको जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले अध्यक्ष मण्डलले जाने निर्णय गरे पनि उनीहरुले ठुलो अवरोधको सामना गर्नु पर्ने बताए ।
रेशम चौधरीको रिहाई, संबिधान संशोधन, कार्यकर्तामाथि लगाईएका झुठा मुद्धाहरुको फिर्ता लगायतका माग थाती राखेर राजपा कुनै हालतमा सरकारमा समाबेश नहुने बताए । उनले पार्र्टी एकीकरण र सहमतिको नाममा पार्टीले कुनै समपर्ण नगर्ने बताए । समान अवसर र समानतका आधारमा मात्र पार्टी अघि बढ्ने उनले उल्लेख गरे । अहिले पार्टीका अध्यक्ष मण्डलका सदस्यहरु ६ जना छ तिर हुँदा समस्या आएको स्विकार गरे । उनले ६ जना नेता एक नभए सम्म पार्टी राष्ट्रिय अधिबेशन समेत हुन गाह्रो हुने बताए ।
उनले बर्तमान दुई तिहाईको सरकारले देशका सबै निकायहरुलाई त्रसित गर्ने काम गरेको आरोप लगाए । उनले अख्तियार, न्यायलय, कार्यपालिका सबैलाई दुई तिहाईको तलबार देखाएर त्रसित गरेको बताए । ‘अहिलेको सरकारले मिडियामाथी अंकुश लगाउन खोजेको छ, मौलिक अधिकारलाई हनन गरी मुलुकलाई सि पथमा लान खोजिएको छ’ उनले भने ।
उनले बर्तमान सरकारले सिंहदरबारको अधिकार गाउँसम्म नभै भष्ट्राचार सिंहदबारबाट गाउँ गाउँ सम्म पुगेको बताए । वाईडी प्रकरण, सिंहदरबारको जग्गा काण्ड, सुन काण्ड लगायतको उदाहरण पेश गर्दै उनले पूर्वराजाहरुको सरकारीकरण गरिएको जग्गा समेत ब्यापारीहरुलाई बदामको भाउमा दिएको आरोप लगाए ।
उनले अहिलेको सरकार संघीयतालाई बदनाम गराई सक्काउने खेलमा लागेको बताए । अधिबेशनबाट कैलाश अग्रहरी एकल अध्यक्षमा निर्विरोध चयन भएका छन । यस अघि पार्टीको जिल्ला अध्यक्ष मण्डलमा छ जनाको थियो । अग्रहरी अध्यक्ष मण्डलका संयोजक थिए । बरिष्ठ उपाध्यक्षमा मधुसुदन चौधरी चयन भएका छन । अध्यक्ष अग्रहरीले पार्टीलाई मजुबत बनाउन र मधेसीहरुको हक अधिकार प्राप्तीका लागि आफुले सक्दो प्रयास गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
प्रतिक्रिया