८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

वाणगंगाका होटल तथा रेस्टुरेन्टको स्तरीकरण गरिने



 मायादेवी अनलाइन, जितपुर ।

वाणगंगाका होटल तथा रेष्टुरेन्ट संचालकलाई खाद्य स्वच्छता सम्बन्धी तालिम दिइएको छ । होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ कपिलवस्तुको समन्वय र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय कपिलवस्तुको आयोजनामा उनिहरुलाई खाद्य स्वच्छता सम्बन्धी तालिम दिइएको हो । कार्यक्रममा होटल तथा रेष्टुरेन्टहरुले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै होटल संचालन गर्नुपर्नेमा जोड दिइएको छ ।

वाणगंगा नगरपालिकाका होटल तथा रेष्टुरेन्टहरु लाई वर्गिकरण गरिने भएको छ । होटलको गुणस्तरियता संगै विभिन्न मापदण्ड पुरा गर्ने होटल तथा रेस्टुरेन्टलाई विभिन्न रंगका स्टिकर प्रदान गरिने होटल तथा रेष्टुरेन्ट ब्यवसाथी संघ कपिलवस्तुका महासचिव रविन्द्र पौडेलले जानकारी दिनुभयो । यहि माग १० गते तोकिएका विभिन्न मापदण्ड पुरागर्ने होटलहरुको स्तरीकरण गरिने छ । त्यसको लागि मंगलबार खाद्य स्वाच्छता समुह गठन गरिएको छ । उक्त समितीले होटल तथा रेष्टुरेन्टको खाद्य स्वच्छताको आधारमा मुल्याङकन गर्ने छ ।

कार्यक्रममा खाद्य तथा गुणनियन्त्रण डिभिजनका प्रमुख श्रवण कुमार ढुङगानाले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा इलाका प्रसासन कार्यलयका प्रमुख विष्णु प्रसाद ज्ञवाली, वाणगंगा नगरपालिका कृषि शाखा प्रमुख लेष बहादुर केसी, उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल लगाएत होटल संचालकको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २४ पुस २०७६ बिहिबार ००:००  १२ : ३९ बजे