८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

सल्यानमा बस पल्टियो, १८ घाइते मध्ये पाँचको अवस्था गम्भीर



सल्यान ।
सल्यानमा गाडी दुर्घटना हुँदा १८ घाइते भएका छन्, पाँचको अवस्था गम्भीर छ । सुर्खेतबाट जाजरकोटको लागि छुटेको भे १ ख २५७३ नम्बरको काक्रेबिहारको फोर्स गाडी दुर्घटनामा परेको सल्यान प्रहरीले जनाएको छ । बिहीबार बिहान छिन्चु जाजरकोट सडक खण्डको बनगाड कुपिण्डे नगरपालिका ११ को बालुवा संग्रही नजिक दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते हुनेमा चालक सुर्खेत भेरीगंगा न.पा छिन्चुका प्रकाश शर्मा, सुर्खेत भेरीगंगा नपा ९ जरेकोका शान्तकुमार तिरुवा, सशस्त्र प्रहरी बल सल्यानमा कार्यरत सुर्खेत बिरेन्द्रनगर न.पा १२ का होम पङ्गाली, सल्यान बनगाड कुपिण्डे न.पा १ का अनिष बिश्वकर्मा र जाजरकोट छेडागाड न.पा ९ का भगवती उपाध्यक्ष रहेका छन् । अन्य घाइते हुनेमा सह चालक जाजरकोट छेडागाड न.पा १ का गोपाल वड, जाजरकोट सल्माका पदम रावत, सल्यान बनगाड कुपिण्डे नपा ३ का वडा सदस्य भिमबहादुर बुढाथोकी, सल्यान शारदा नगरपालिका १ श्रीनगरका भुमबहादुर बुढाथोकी ,सल्यान शारदा न.पा श्रीनगरका गौतम बुढाथोकी रहेका छन् ।
यस्तै ज्वालादल गण बेश क्याम्प लमजुङकमा कार्यरत पुर्ण ब सुनार, काठमाडौंका रजनी श्रेष्ठ , काठमाडौकै अनिशा मानन्धर, सल्यान बनगाड कुपिण्डे नपा १ का सन्देश पुन, बनगाड कुपिण्डे नपा १ का गंगा बिश्वकर्मा, जाजरकोट कुसे गाउँपालिका ५ का दलबहादुर रोका, रसुवाकी मालती आचार्य, रुकुम चौरजहारी न.पा ४ का बिजय दर्लामी, रहेका छन् ।
घाइते सबैलाई उपचारको लागि नेपालगन्ज उपचारको लागि लगिएको इलाका प्रहरी कार्यालय सल्लीबजारले जानकारी दिएको छ । गाडीमा ६ महिला २ बच्चा र १० जना पुरुष रहेका थिए । गाडी स्पिड धेरै भएकाले ओरालोमा दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित मिति : २४ पुस २०७६ बिहिबार ००:००  १२ : ०३ बजे