एजेन्सी । रियल मड्रिड स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । साउदी अरेबियामा बुधबार राति भएको सेमिफाइनलमा भ्यालेन्सियालाई ३–१ ले पराजित गरेर रियल मड्रिडले फाइनलमा स्थान बनाएको हो ।रियल मड्रिडका लागि टोनी क्रस, इस्को र लुका मोड्रिकले गोल गरे । भ्यालेन्सियाका लागि डानी पारेजोले पेनाल्टीमा एक गोल फर्काए ।
खेलको १५औं मिनेटमा क्रसुले कर्नरबाट सीधै गोल गर्दा रियलले अग्रता लियो । ३९औं मिनेटमा इस्कोले अग्रता दोब्बर पारे । दोस्रो हाफमा पनि रियलले एक गोल थप्यो । ६५औं मिनेटमा मोडरिचले रियलका लागि गोल गरे । भ्यालेन्सियाका लागि पारेजोले इन्जुरी टाइममा पेनाल्टीमा गोल गरे ।रियलले अब बार्सिलोना र एट्लेटिको मड्रिडबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्ने छ । यो सिजनदेखि सुपर कप नयाँ फरम्याटमा खेलिएको हो । यसअघि ला लिगा र कोपा डेल रे का विजेताबिच हुने गरेको प्रतिस्पर्धा यसवर्षदेखि ला लिगाका शीर्ष दुई तथा कोपा डेल रे का शीर्ष दुई टिमबिच प्रतिस्पर्धा गर्ने गरिएको हो ।
प्रतिक्रिया