बुटवल ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले मालपोत कार्यालय नवलपरासीका खरिदार नेत्रबहादुर चौधरीलाई ४० हजार घुस रकमसहित बुधबार रंगेहात पक्राउ गरेको छ ।
भूमिसुधार तथा मालपोत कार्यालय पश्चिम नवलपरासीका खरिदार चौधरीले सेवाग्राहीबाट जग्गाको बाँडफाडमा सहजीकरण गरिदिने भन्दै ४० हजार रुपैयाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका हुन् ।
आयोगको बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले ’स्ट्रिङ अपरेश’का क्रममा उनलाई घुस दिँदै गर्दा नियन्त्रणमा लिएको बताए । उनलाई आयोगको कार्यालय बुटवलमा राखिएको छ । बुटवल उपमहानगरपालिका बुद्धनगर घर भएका उनलाई थप अनुसन्धानपछि कारबाही प्रक्रिया अघि बढाइने अख्तियारले जनाएको छ ।
२३ पुस २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया