८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

पृथ्वी जयन्तीमा विदुरमा सार्वजनिक बिदा



नुवाकोट ।
पृथ्वी जयन्तीका अवसरमा विदुर नगरपालिका कार्यालय नुवाकोटले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
नगरपालिकाले पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरणका नुवाकोट विजयबाट सुरू गरी साततले दरबार विसं १८१९ बनाएर करिब २५र२६ वर्ष त्यहीँबाट राज्य सञ्चालन गरी राष्ट्रिय एकता गरेकाले उनलाई भुल्न नहुने जनाएको छ ।
यस्ता अभिभावकप्रति श्रद्धाञ्जलि व्यक्त गर्न उनको जन्मदिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरिएको नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताए ।
नगरपालिकाको गत १० पुसमा बसेको पाँचौं नगरसभा अधिवेशनले पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाइएको छ । गोरखाका राजा शाहको नेतृत्वमा विसं १८०१ असोज १५ गते नुवाकोट विजय भएको थियो । रासस

प्रकाशित मिति : २३ पुस २०७६ बुधबार ००:००  ३ : ४४ बजे