८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

बालमैत्री नगर घोषणा गर्न वाणगंगा जुर्मुरायो, २५ सदस्यीय बालसंजाल गठन



बाबुराम रायमाझी, जितपुर ।
वि सं २०७७ साल असोज मसान्त बालमैत्री नगर घोषणा गर्ने कार्यक्रमको लागि बाणांगा नगरपालिका जुमुृराएको छ । बालमैत्री स्थानिय शासनका न्युनतम सेवा प्रवाह सम्वन्धी २७ वटा र संस्थागत बिकास सम्वन्धी १२ गरी ३९ वटा सूचकहरु पुरा गर्ने क्रममा नगरले नगर स्तरीय बालसंजाल गठन गरेको छ । नगरको सभा हलमा भएको बालबालिकाको भेलाले वडा न.२ का समा्रट घिमिरेको अध्यक्षतामा २५ सदस्ययी नगर स्तरीय बाल सञ्जालको गठन गरेको हो । जसको उपाध्यक्षमा वडा न.९ का समिक्षा कार्की, सचिवमा वडा न.८ का स्मृति सापकोटा, सह—सचिवमा वार्ड न.११ का विन्दु कोईराला, कोषाध्यक्षमा वडा न.१० का पूजा चौधरी रहेका छन् भने सदस्यहरुमा लविश गिरी, सन्तोष पुरी, साहिल घिमिरे, विपिन अधिकारी लगायत रहेका छन् । वाणगंगा त्यसैगरी नगरमा बालबिबाह न्यूनिकरण समितिको संयोजकमा वडा न. ८का विपिन अधिकारी,स्वास्थ्य र सरसफाई समितिको संयोजकमा वडा न.७का साहिल घिमिरे, खेलकुद तथा अतिरिक्त क्रियाकलापको संयोजकमा वडा न. ४ का सविना थापा रहेका छन् । कार्यक्रममा वाणगंगा नगर सामाजिक बिकास शाखाका संयोजक भिष्मराज भुसाल,प्रमुख प्रशाकिय अधिकृत कृष्ण प्रसाद सापकोटा, नगर उप प्रमुख चक्रमाणि अर्याल,शिक्षा शाखा प्रमुख बाबुराम भट्टराई, शिक्षा शाखा अधिकृत खिम बहादुर जि.सी, वडा अध्यक्षहरु, बडा सचिव, नगरका विषयगत कार्यालयका प्रमुखहरु, नगरका ११ वटै वडाका वालमैत्री सहजकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २३ पुस २०७६ बुधबार ००:००  ९ : ५४ बजे