एजेन्सी ।
भारतमा बलात्कारी ठहर भएका चार जनालाई फाँसी दिइने भएको छ । सन् २०१२ को डिसेम्बर १६ मा नयाँदिल्लीमा मेडिकल पढिरहेकी निर्भयाको बलात्कारपछि हत्या भएको थियो ।
निर्भयाको बलात्कार(हत्यामा दोषी भेटिएपछि पटियाला हाउस अदालतले अक्षय गुप्ता, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलाई माघ ८ (जनवरी २२) मा बिहान सात बजे फाँसी दिने आदेश दिएको हो ।
अदालतको आदेशपछि सात वर्षदेखि छोरीको आत्माको शान्तिका लागि लडाइँ लडिरहेकी अभयाकी आमा आशादेवीले भनिन्( अब मेरी छोरीले न्याय पाएकी छ । ती चार जना अपराधी झुन्डिनुले भारतका महिलाले थप सशक्त बनाउने छ ।
यी चारै जनालाई दिल्ली उच्च अदालतले २०१४ मै दोषी ठहर गरिसकेको थियो । अदालतले मृत्युदण्ड दिन गरेको फैसलाविरूद्ध उनीहरूले सर्वोच्च अदालत गुहारेका थिए । गत डिसेम्बरमा सर्वोच्च अदालतले उनीहरूले दिएको पुनर्विचार निवेदन खारेज गरिदिएको थियो ।
सात वर्षअघि दिल्लीमा गुडिरहेको बसमा छ जनाको समूहले २३ वर्षीया निर्भयाको बलात्कार गरेको थियो । बलात्कारपछि उनको हत्या भएको थियो ।
घटनामा संलग्न ६ जनामध्ये एक जनाले मुद्दा चलिरहेका बेला जेलभित्र आत्महत्या गरेका थिए भने अर्का एकजना नाबालक भएकाले सुधार गृह पठाइएको थियो ।
मंगलबार अदालतको आदेश आएपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले न्याय मिलेको प्रतिक्रिया दिएका छन् ।
२२ पुस २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया