८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

सन्धिखर्कका सामुदायिक विद्यालयमा जंक फूड निषेध



बिष्णु कुमार आले, अर्घाखाँची ।
जंक फूड खानाले बालबालीकाको स्वास्थ्यमा प्रतिकुल असर परेको भन्दै अर्घाखाँचीका चार सामुदायिक विद्यालयमा जंक फूड खान रोक लगाईएको छ । जिल्लाको सन्धिखर्क नगरपालिका वडा न. १० ले आफ्ना वडा भित्रका सामुदायिक बिद्यालयहरुमा बालबालिकाहरु लाई जंक फूड खान निषेध गरेको हो ।
वडा भित्रका चार सामुदायिक विद्यालयहरु जनसेवा आधारभुत विद्यालय, अरनिको आधारभुत विद्यालय, बिध्याबिकाश आधारभुत विद्यालय र आदर्श आधारभुत विद्यालय तथा वडा कार्यलय समेतमा जंक फूडट खान निषेध गरिएको हो ।
उक्त वडाले प्रत्येक विद्यालयका विद्यार्थीहरुका अभिभावकहरुलाई विद्यालयमा बोलाइ जंगफुडको सेबनबाट बालबालिकाहरुमा पर्ने स्वास्थ्य सम्बन्धी सचेतना मुलक प्रशिक्षणहरु समेत संचालन गरेको छ । वडाले विद्यालयका बालबालिकाहरुलाई टिफिन बितरण गरेको छ भने शैक्षिक गुणस्तर वृद्धि तथा वडा भित्रका विद्यालय र विद्यार्थीहरुलाइ एकरुपता ल्याउन लागि निशुल्क पोषाक समेत बितरण गरेको छ ।
वडा कार्यलयबाट ०७६र०७७ मा स्वीकृत योजना हरुमा गठित उपभोक्त समितिका अध्यक्ष सचीव र कोषध्यक्षहरुलाइ आफ्नो काम कर्तव्य र अधिकारको बारेमा प्रशिक्षण तथा अभिमुखिकरण तालीम हरु समेत सम्पन्न गर्दै सम्पुर्ण योजना बैशाख महिना भित्र सम्पन्न गर्न निर्देशन दिएको वडा अध्यक्ष लक्ष्मीनारायण चुदालीले जानकारी दिए । विद्यालय परिसर तथा वडा कार्यालय भित्र कोहि कसैले जंक फूड खाएको पाईएमा कार्वाही समेत गरिने बताईएको छ ।
जंक फूड खानाले बालबालीकामा पढ्ने जाँगर नलाग्ने , आलश्य हुने , मस्तिष्कको बिकाश नहुने, सम्झने शक्ति नहुने , पढाएको कुरा तुरुन्तै बिर्सने, शरिरको बिकाश नहुने , बालबालीका नबढ्ने , हड्डी तथा जोर्नीहरू कमजोर हुने , ग्याष्टिक हुने , निद्रा नलाग्ने , एकहोरो टोलाउने , साथै शरीर कमजोर बनेपछि धेरै रोग लाग्ने गरेको चिकित्सकहरूको भनाई छ ।

प्रकाशित मिति : २२ पुस २०७६ मंगलबार ००:००  ६ : ५७ बजे