८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

आगलागीबाट साढे २ लाख बढीको क्षती



कपिलवस्तु ।
कपिलवस्तु नगरपालिका– ९ चम्कीपुर स्थित एक फुस घरमा सोमवार मध्यरातमा आगलागी हुदा ढाई लाख बढीको क्षति भएको छ । स्थनीय दुर्गा बहादुर खत्रीको घर नजिकै रहेको बिद्युत ट्रान्सर्फर सर्ट भई स्पाक्र्रिङबाट निस्किएको आगाको झिल्कोले आगलागी भएको हो । अस्थायी प्रहरी चौकी जहदी अनुसार आगलागीबाट विवरण अनुसार आगलागी हुदा घरमा रहेको अन्नपात, काठ, फर्निचर लत्ता कपडा सबै नष्ट भएका छन । आगलागीमा परी पक्षघातले थला परेका ६६ बर्षे खत्री घा्रईते भएको वडा अध्यक्ष शिव बहादुर वाग्लेले बताए । उनको बाया खुट्टा जलेको छ । यस्तै ३ बाख्रा जलेर मरेका छन । दुई वटा भैसीका पाडा समेत जलेर गंभीर घाईते भएका छन । घाइ्र्रते खत्रीका छोरा किशोरले बुवालाई जेनतेन बचाए पनि घर भने जलेर नष्ट भएको बताए । स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिईएको थियो । उता जगदशीपुर ताल घुम्न आएका एक भारतीय नागकिरले पीडीत परिवारलाई वडा अध्यक्ष वा्ग्लेको रोहोवरमा १० हजार नगद प्रदान गरे । भारतको गोरखपुरको बैजलपुरका दिनेश कुमार शुक्लले पीडीत परिवारलाई १० हजार दिएका थिए । रकमले पीडीत परिवारलाइ केही भए पनि राहत मिल्ने उनले बिश्ववास ब्यक गरे । उता वडा अध्यक्ष वाग्लले पनि वडाको तर्फबाट निर्णय गराएर सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

प्रकाशित मिति : २२ पुस २०७६ मंगलबार ००:००  ४ : ३५ बजे