८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

सिरक बोकेर वडावडामा बुद्धभूमिका मेयर र उपमेयर



मायादेवी अनलाइन, कपिलवस्तु ।

बुद्धभूमि नगरपालिकामा विपन्नहरुको लागि न्यानो कपडा वितरण गर्ने अभियान जारी छ । नगरपालिका भित्रका हरेक वडामा पुगेर करिब ३ सय सिरक वितरण गर्ने अभियान बोकर हिँड्नु भएका मेयर केशव श्रेष्ठ र उपमेयर मिरा थारु आज वडा नम्बर ९ को कार्यालय बरकलपुर पुग्नु भएको छ । त्यहाँ पुगेर उहाँहरुले ३० अति विपन्न, वृद्ध परिवारलाई सिरक बाँड्नु भएको छ । कपिलवस्तुमा अत्याधिक जाडो भएपछि अलिकति भए पनि राहत पुगोस् भनेर अभियान थालनी गरेको मेयर श्रेष्ठले बताउनु भयो । वडाध्यक्ष खिमानन्द न्यौपानेले वडाका वास्तविक विपन्नहरुलाई खोजेरै नयानो कपडा वितरण गरिएको बताउनु भयो । सिरक पाएपछि विपन्न परिवारमा खुसी छाएको छ । दुवै हात गुमाएका बरकलपुरका चमारी थारु, अति विपन्न विलारी थारुले मेयर आउँदा भगवान नै आएको बताउँदै जतर गरेर सिरक ओढ्ने बताउनु भयो । बुद्धभूमिका ११ वडामध्ये अधिकांस वडाहरुमा न्यानो कपडा वितरण गरिसकीएको छ । अब बाँकी वडामा पनि सिरक बाँडेर सक्ने उपमेयर थारुको भनाई छ ।

प्रकाशित मिति : २१ पुस २०७६ सोमबार ००:००  ७ : ४५ बजे