दीपा महत, जितपुर ।
वाणगंगा नगरपालिका वडा नम्बर २ मा आजबाट ३ महिने हाउस वायरिङ तथा प्लम्बिङ तालिम सुरु भएको छ । युवाहरुलाई सिप सिकाई आत्मनिर्भर बनाउन वडा कार्यलयले तालिमको आयोजना गरेको हो । तालिमको उद्घाटन गर्दै वाणगंगा नगरपालिकाम मेयर मंगलप्रसाद थारुले तालिम लिई आत्मनिर्भर बन्न आग्रह गर्नुभयो । ‘सिप’ बिनाको मानिस र ‘दीप’ बिनाको घरको कुनै अर्थ नरहने भन्दै सिप जीवनको लागि अपरिहार्य रहेको बताउनुभयो । उहाले अहिले बेरोजगार रहेका युवारु तालिम लिए पश्चात स्वरोजगार बन्ने भन्दै वैदेशिक रोजगारीका लागि गएपनि सिप सिकेर जादा त्यसले राम्रो प्रभाव पार्ने बताउनुभयो ।
सिप सिकेर स्वदेशमै रोजगारी गर्नुपर्ने भन्दै विदेश जाने बाध्यतानै आएपनि सिप सिकेर जादा फाइदा हुने बताउनुभयो । वडा नम्बर २ ले यस अघि पनि विभिन्न किसिमका तालिम सञ्चालन गरेको भन्दै नगरपालिका सधै जनताको साथमा रहेको बताउनुभयो ।
कार्यक्रमका अध्यक्ष तथा वडा नम्बर २ का वडा अध्यक्ष विष्णु पौडेलले युवाहरु बेरोजगार हुदा धेरै समस्या निम्त्याएको भन्दै उनीहरुलाई स्वरोजगार बनाउन आफुले यस्ता तालिम सञ्चालन गर्दै आएको बताउनुभयो । वडा नम्बर २ मा युवाहरु कुलतमा फस्ने समस्या केहि वर्ष पहिला बढ्दै गएको भन्दै त्यस्ता समस्यालाई निराकरण गर्न र युवालाई आत्मनिर्भर बनाउन यस्ता कार्यक्रम ल्याएको बताउनु भयो । वडाले युवाका लागि विभिन्न तालिम सञ्चालन गरेपछि लागु औषमा फस्ने युवाको संख्या घट्दै गएको पनि उहाले बताउनुभयो । सिप सिक्नु मात्र ठुलो कुरा नभएर त्यसलाई ब्यवहारमा उतार्न सम्पूर्ण सहभागिलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा वडा सदस्य टिका कुमारी अधिकारी, टोल विकास संस्थाका अध्यक्ष धन बहादुर रेग्मी लगाएतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव नरेन्द्र पोख्रेलले गर्नुभएको हो । वडा नम्बर २ ले यस अघि पनि युवा लक्षित विभिन्न तालिम सञ्चालन गर्दै आएको छ । कार्यक्रममा बोल्दै प्रशिक्षक दामोदर पन्थीले अबको तिन महिना दत्तचित्त भएर तालिम लिन प्रशिक्षार्थीलाई आग्रह गर्नुभयो ।
२१ पुस २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया