मायादेवी अनलाइन, कपिलवस्तु ।
वाणगंगा नगर कार्यपालिकाको बैठकले विभिन्न महत्वपूर्ण निणर्य गरेको छ । सोमबार आकस्मिक बसेको कार्यपालिकाको ६३ औ बैठकले संघिय सरकार संग समपुरक तथा विशेष अनुदानका योजनाहरु स्विकृत गराउनको लागि प्रदेश सभाका सांसद विष्णु पन्थी र उपप्रमुखको टोली एक दुइ दिन भित्रै काठमाडौं जाने भएको छ ।
प्रदेश सरकारका चालु आर्थिक वर्षको विशेष अनुदानका योजना अन्तरगत श्रींगीघाट सिंचाइ आयोजना र कामता मावि करेलियालाई छनोट गर्ने निणर्य गरेको छ । यसैगरी बैठकले वाणगंगा नगरपालिकाको छैठौ नगरसभा माग २४ गते निणर्य गरेको नगपालिकाका प्रवक्ता विष्णु पौडेलल मायादेवीलाई जानकारी दिनुभयो ।
कृृषि पुर्वाधार विकास तथा यान्त्रीकरण प्रर्वद्धन कार्यक्रम अन्तरगत कृषि उपज बजार संकलन केन्द्र निमार्णका लागि वडा नम्बर ५ को कोपवा र वडा नम्बर १ को बैरियालाई छनोट गरिएको छ । मेयर मंलप्रसाद थारुको अध्यक्षतामा सम्पन्न बैठकमा ल्याण्डफिडको लागि सम्पूर्ण वडा का वडा अध्यक्षले आफ्नो वडामा भएको प्रगती प्रस्तुत गर्नभएको थियो । उपप्रमुख, कार्यपालिका सदस्य, विषयगत शाखा प्रमुख, सम्पूर्ण वडा अध्यक्ष लगाएतको सहभागिता रहेको बैठकको संचालन प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले गर्नुभएको हो ।
२१ पुस २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया