८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

होमवर्क नगरेको भन्दै विद्यार्थी कुट्ने शिक्षक पक्राउ



रुपन्देही ।
रूपन्देही सम्मरीमाई गाउँपालिका ६ मर्चवारमा मोहम्मद देवानलाई कुट्ने शिक्षक पक्राउ परेका छन् । ज्ञानदीप बोर्डिङ स्कुलमा पढाउने शिक्षक शैलेन्द्र बराईले कक्षा ५ मा पढ्ने देवानलाई होमवर्क नगरेको भन्दै गत बुधबार लठ्ठीले हानेका थिए ।
कुटपिट हुँदा आइतबार हुलाकमार्फत् उजुरी गरेपछि शिक्षक बराईलाई आइतबार मर्चवा इलाका प्रहरी कार्यालयले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी खड्ग खत्रीले जानकारी दिए । देवनले सो दिन कापी लिन बिर्सेपछि शिक्षकले उनीमाथि लठ्ठीले हानेका थिए । चोटले उनको दाँया आँखा सुन्निएको थियो । सो उजुरी गर्दा प्रहरीसमक्ष पीडित नपुगेको भन्दै कारबाहीको काम रोकिएको थियो ।
बालबालिकासम्बन्धीको कसुर ऐन २०७५ अन्तर्गत घर विद्यालय वा जुनसुकै स्थानमा शारिरीक र मानसिक दण्ड दिने अनैतिक व्यवहार गर्नेलाई करिब एक वर्ष जेल सजाय र ५० हजारसम्म जरिवाना हुन सक्ने डिएसपी खत्रिले बताए ।

प्रकाशित मिति : २० पुस २०७६ आइतबार ००:००  ५ : ४३ बजे