बुटवल ।
स्कुटरलाई ठक्कर दिई फरार भएको कारलाई ईलाका प्रहरी कार्यालय बुटवलले दुई दिनपछि नियन्त्रणमा लिएको छ। गत बुधबार राति स्कुटरलाई ठक्कर दिई कार फरार भएको थियो ।
बुधबार राति करिब साढे १० बजे बुटवल उपमहानगरपालिका वडा नम्बर १० बेसक्याम्प चोकमा स्कुटरलाई ठक्कर दिई फरार रहेको कारलाई प्रहरीले शुक्रबार रुपन्देहीको देवदह खैरेनीबाट नियन्त्रणमा लिएको हो।
बुटवलवाट पूर्वतर्फ जाँदै गरेको बा. १८ च ४१६५ नंं को उक्त कारले बेसक्याम्प चोकबाट सडक पार गर्दै गरेको लु २२ प १८२३ नम्बरको स्कुटरलाई ठक्कर दिएर भागेको थियो।
कारको ठक्करबाट स्कुटरमा सवार बुटवल ११ देवीनगरकी २२ वर्षीया सपना पौडेलको मृत्यु भएको थियो।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले स्कुटरलाई ठक्कर दिएपछि फरार भएको उक्त कार र चालक दयाल यादवलाई रुपन्देहीको देवदह खैरेनीबाट नियन्त्रणमा लिईएको जानकारी दिए। ‘कार सामान्य अवस्थामा थिएन’ उनले भने।
दुर्घटनापछि घटनाबाट उम्किन फरार भएका चालकलाई कडा कारवाहीको लागि मुद्दा दर्ता गरिएको उनले जानकारी दिए।
‘कतिपय चालकहरु घटनाको सजायबाट सकभर उम्किन पाइन्छ कि भनेर फरार हुने गर्छन्, तर धेरै समय भाग्न सक्दैनन् प्रहरीको निगरानीमा परिहाल्छन्’ उनले भने। प्रहरी नायव उपरिक्षक भट्टराईले उक्त घटनाको बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिए।
२० पुस २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया