चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।
कपिलवस्तुकै प्रमुख पर्यटकीय स्थलको रुपमा राजापानी प्रसिद्ध छ । बाणगंगा नगरपालिका वडा नम्बर ३ मा पर्ने राजापानीको आफ्नै किंवदन्तीका कारण चर्चित छ भने आन्तरिक तथा बाह्य पर्यटनलाई टेवा दिन बनाइएका बिभिन्न आकर्षणहरुले पनि राजापानी पर्यटनको हब बन्दै छ । राजापानीका बिभिन्न आकर्षणमध्ये त्यहाँ रहेको चिडियाखाना पनि एक हो । उक्त चिडियाखानमा बिभिन्न चराचुरुङ्गी तथा बन्य र घरपालुवा जीवजन्तु पनि छन् ।
राजापानी पुग्नेवित्तिकै हजुरहरु सबैले त्यहाँको चिडियाखाना घुमेको हुनुपर्दछ र देखेको हुनुपर्दछ एउटा अंजगको अजिंङगर । यो हेर्दै गर्दा सबैको मनमा यो जिज्ञासा रहेको हुन सक्छ कि यो अजिंगर कहाँबाट आयो ? कहाँबाट ल्याइयो ? आज म तपाइहरुलाई यही अजिंङगरको बारेमा बताउँदै छु ।
आजभन्दा साढे ४ महिना अघिको कुरो हो । २०७६ साउन ३१ गते अंग्रेजी पात्रो अनुसार सन् २०१९ अगस्ट १६ तारिखको दिन । बीचझुँगा संघर्ष टोलकी करिब २७ बर्षिय पुनम भुषाल यत्तिकै आफ्नो घर वरिपरी डुल्दै थिइन् । पुनमको घरको तलतिर सदाबहार पानी बहन एउटा सानो खोलो छ । खोला जत्रो ठुलो नभए पनि स्थानीयले त्यसलाई खोलो नै भनेर चिन्दछन् । कतिपयले कुलो पनि भन्दछन् । पुनमको घरमुनी रहेको खोलाको वरिपरि बाक्लो झाडी पनि छ । पुनम सोही दिन दिउसो त्यही झाडी वरिपरि डुलिरहेकी थिइन् । संयोग भन्नुपर्दछ । पुनमको आँखा पनि खोलामा बाक्लो झाडितिर गयो । उनी कुनै काम विशेषले पनि त्यहाँ गएकी थिइनन तर उनले एउटा शंकास्पद जीव देखिन् । सुरुमा उनले त्यति भेऊ पाइनन् । तर नियालेर हेर्दा सर्पजस्तो देखिएछ । अनि उनलाई लागेछ यो सर्प नै हुनुपर्दछ । त्यसलाई प्रस्ट नदेखे पनि उनलाई सर्पको शरीर देख्दा नै डर लागेको रहेछ । यति ठुलो सर्प ?त्यसपछि उनी अत्तालिइन् । के गरौँ ? के भनौँ ? उनलाई भएछ । हेरिरहँदा घरतिर जान लागेजस्तो पनि गर्दो रहेछ । अनि उनले आफ्नो दाजु दीपक भुषाललाई खबर गरिछन् । दाइदाई आबुई कत्रो सर्प छ तल । बहिनीको भनाइ निकै अत्तालिएको थियो । उनी डराएर स्वाँस्वाँ गर्दै भनिन् दाइ कत्ति ठुलो सर्प ? त्यसपछि दिपक त्यो सर्प भएकोतिर गएर हेरे । उनलाई लागेछ कि यो त सर्प हैन । अजिंगर हो । अजिंगर भनेपछि त्यहाँ सबैको सातो गयो ।
सर्पले घरतर्फ टाउको फर्काएको हुनाले यतै आउँछ कि भनेर दिपकका परिवार पनि अत्तालिएका रहेछन् । त्यसपछि दिपक गाउँका केटाहरु बटुल्न तर्फ लागे । अजिंगर मार्नको लागि ।
उनी तुरुन्तै गाउँमा गएर केही साथीहरुलाई खोजेर आए । त्यतिञ्जेल त्यो स्थानमा सर्प हेर्न स्थानीयको भीँड लागिसकेको थियो । वरिपरिका केटाकेटी, बुढाबुढी, युवायुवती सबै त्यहाँ जम्मा भएर चिच्चाइरहेका थिए । पुनम लगायतले सर्पलाई कहाँ जान्छ भनेर एकोहोरो हेरेरै बसिरहेका थिए । लगत्तै त्यस टोलका केटाहरु (नविन शर्मा, दिलु पहराई, दीपक भुषाल, रविन्द्र सेन, असिम सेन) को जमघट भयो । कतिले घारो समाते । कतिले बोरो समाते । कतिले के कतिले के ? अनि विस्तारै उनीहरु सर्प भएका झाडितिर लागे । यता केही महिला र केटाकेटीहरु डरले थुरथुर कापीरहेका थिए । उता अजिंगरले मस्तसंग केही खाएर बसिरहेको थियो । कति फोटो खिच्न ब्यस्त थिए । केही महिला दिदीवहिनीहरुको झण्डै सातो नै उडेनछ । कति झाडीमा जान डराए । कतिले ह्या पुरुष भएपछि डराएर हुन्छ भन्दै खोलामा गए ।
नवीनले भन्दै थिए । अजिंगर अजिंगर । झुँगामा धेरै वर्षपछि अंजिंगर फेला पर्यो । लौ हेर्नुहोस्, । ठाऊँ असाध्यै अफ्ट्यारो थियो । के गर्ने ? कसो गर्ने ? भन्दै पानीमा चोबलिँदै केहीले झाडी पन्छाउन थाले, केहीले घारोले अजिंगरलाई डगमगाउन थाले । अजिंगर झाडिको सानो पोथ्रामा गुजुल्टिएर बसेको रहेछ ।
सबै निकै डराइरहेका थिए । माथि डिलमा बसेका महिलाहरुले खाला खाला । होसियार हुनु है भन्दै थिए । यत्तिकैमा हाल मुहान क्लवका अध्यक्ष समेत रहेका रविन्द्र सेन, नविन शर्मा र दिलु पहरार्य बढी सुरिए र झाडी कोट्याउन थाले । थोरै देखिएको अजिंगरको आधाभन्दा भाग बढी देखियो । पुछर खोलातिर रहेकाले केही युवाले पुछर समाति हाले । यो देखेपछि महिलाहरु भाग्न थाले । अजिंगर बसेको ठाउँ अफ्ट्यारो भएकाले उसको मुख कतातिर छ यकिन थिएन ।अजिंगरले उफ्रेर ठुङ्दैन तर बसिहेका बेला अगाडी परेकालाई बाँकी राख्दैन । त्यसले यसको मुख कतातर्फ फर्किएको छ पत्ता लगाउनु जरुरी थियो । यत्तिकैमा रविन्द्र सुरिए । उनले हातले टाउको समात्न खोज्दै थिए । यो देखेर अरु डराए । माथिबाट सुनिता सेनले हात भाचिदेला त्यसो नगर भन्दै थिइन् । यता डराएर हुन्छ भन्दै सुरो बनेर रविन्द्रले भुई कोट्याउँदै अजिंगरको मुख समाति हाले । त्यसपछि कुनै डर भएन केहीले पुच्छर समाते । दिलले ढाड समाते अनि रविन्द्रले मुख समातेर झाडीबाट थुते । अजिंगर लामो भएकाले उसको पुरै शरीर निस्कने एकछिन समय लाग्यो । माथितिर अजिंगर हेर्न बसेकाहरु डरले भागि हाले ।
अजिंगरलाई झाडीबाट निकालियो । त्यसपछि कतिले भन्दै थिए बोरामा खाखुम् । कतिले भन्दै थिए माथि लगेर हेर्नपर्छ । यो कुरा भइरहँदा अजिंगरलाई माथि घरको आँगनमा लगे काँधमा बोकेर । अजिंगर घरको बलो जत्रो लामो थियो भने मोटो पनि उत्तिकै सथयो । दीपक भुषाल ल हेर्नुहोस् अजिंगर । ल हेर्नुहोस् अजिंगर भन्दै थिए । त्यसपछि त्यसको पुरै लम्बाई हेर्ने भनेर अजिंगरको शिरदेखि पुच्छरसम्म तन्काइयो । त्यो निकै लामो भएकाले नविनले त त्यसाको ढाडलाई काँधमै बोकेर सुरोपन देखाए । नविनले काँधमा अजिंगर बोकेको देखेर सबै दंग परे । अनि सल्लाहामा त्यो अजिंगरलाई राजापानी सामुदायिक बनमा दिने निधो भयो र सोही दिन नै उनीहरुले वनका अध्यक्ष ढाकाराम अधिकारीलाई अंजिगर हस्तान्तरण गरेर विदा भए । झुँगाका यी साहसी तन्नेहरुको जोश र निडरपनलाई सलाम गर्ने पर्छ । तयो भन्दा ठुलो काम उनीहरुले अजिंगर वनलाई सुम्पेर ठुलो मानवीय काम गरेका छन् । अहिले ५ महिनाको अन्तरालमा त्यो अजिंगर धेरै ठुलो भएको छ । हामी त्यहाँ गएर हेर्ने हो भने यो अजिंगरलाई वास्तविक रुपमा देख्न सकिन्छ । वनका अध्यक्ष अधिकारीका अनुसार अजिंगर अहिले मोटोघाटो भएको छ । स्वस्थ छ । अजिंगर हेर्न टाढाटाढाबाट पनि मानिसहरु आउने गरेका छन् । यसभन्दा अगाडी मैले जितपुरमा किङ कोब्राको नियन्त्रणदेखि उद्धारसम्मको कथा लेखेको थिए । हामी पनि यस्ता दुलर्भ जीवजन्तु र चराचुङ्गीको संरक्षणमा लागौँ । यस्ता दुर्लभ जीवजन्तु देखिएमा मार्ने होइन संरक्षण गर्ने तर्फ लागौँ ।
तलको लिंकमा हेर्नुहोस् पुरा भिडियो ।
प्रतिक्रिया