८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

राष्ट्रिय राजनीतिमा नेकपाको जिम्मेवारी बढ्दै छः नेपाल



कञ्चनपुर ।
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा सत्तारुढ दल नेकपाको जिम्मेवारी बढ्दै गएको बताएका छन् ।
प्रेस संगठन कञ्चनपुरले भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले आसन्न राष्ट्रियसभाको निर्वाचनमा नेकपाको शक्ति वृद्धि हुने दाबी गरे ।
‘प्रतिनिधिसभा हुँदै अब राष्ट्रियसभामा पनि नेकपाको शक्ति वृद्धि हुँदैछ’, उनले भने, ‘जनभावनाअनुसार सरकार पनि गम्भीर भएर अघि बढ्नुपर्छ ।’
जनताको भरपर्दो र विश्वासिलो पार्टीका रूपमा नेकपा रहेको भन्दै उनले प्रतिनिधिसभाको सभामुख चयनका विषयमा पनि पार्टीको केन्द्रीय कमिटीले टुंगो लगाउने जानकारी दिए ।
रासस

प्रकाशित मिति : २० पुस २०७६ आइतबार ००:००  १२ : ४५ बजे