मायादेवी अनलाइन, वाणगंगा ।
स्वामी लोकानन्द महाराजले कैलाश आश्रम गुरुकुलम्का बटुकहरुलाई न्यानो कपडा वितरण गर्नुभएको छ । आश्रममा अध्ययनरत ८० जना बटुकहरुलाई महाराजले १ लाख बराबरको न्यानो कपडास्वरुप सिरक, बिस्तारा, व्लाङ्केट, तन्ना बितरण गर्नुभएको हो । स्वामी लोकानन्द महाराजको पहलमा बुटवल नयाँगाउँ निवासी डम्वर कुँवरले ८० थान बिछौना सहयोग गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाका उप–प्रमुख चक्र अर्यालले बटुकहरुलाई नगरले पनि सहयोग गर्ने बताउनु भयो । उहाले कैलाश आश्रमको विकास गर्न वाणगगा नगरपालिका सदैव तयार रहेको बताउँदै ढुक्क भएर शैक्षिक गतिविधि संचालन गर्न आग्रह गर्नुभयो । उहाँले आश्रम वाणगगा नगरकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य भएको भन्दै यसको बिकास गर्न नगरले बजेट बिनियोजन गरेको बताउनुभयो ।
स्वामी लोकानन्द महाराजले हरेक नगर र नागरिकले सामाजिक दायित्व पुरा गर्न यस्ता काम गर्नु पर्ने बताउनु भयो । उहाँले गुरुकुल परिसरमा १२७ फिटको शिवलिङ्ग निर्माण गर्ने आफ्नो योजना रहेको पनि बताउनु भयो । गुरुकुललाई अझ व्यवस्थापन गर्न स्थानीय सकृय भएर साथ दिनुपर्ने सहयोगदाता लिला कुँवरको भनाई छ ।
कार्यक्रममा कार्यक्रममा वाणगगा नगरपालिका वडा नं. १ अध्यक्ष बालकुमारी पन्त, वडा नं. २ का अध्यक्ष बिष्णु पौडेल, वडा नं. ५ का अध्यक्ष भिष्मराज भुसाल, धार्मिक वनका अध्यक्ष खुमलाल शर्मा, पत्रकार, विभिन्न संघ संस्थाका प्रतिनिधी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहयोगीलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो । सन्तशिरोमणी लोकानन्दको संरक्षकत्वमा गुरुकुल सन्चालन भइरहेको छ । आश्रमका अध्यक्ष रविराज ज्ञवालीको अध्यक्षता र गुरु युवराज बेल्बासेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया