एजेन्सी ।
स्पेनिस ला लिगामा रियल मड्रिडले शानदार जित निकाल्दा बार्सिलोना पुछारमा रहेको स्पानियोलसँग बराबरीमा रोकिएको छ ।
ला लिगाको उपाधि होडमा रहेका रियलले गेटाफेमाथि ३–० को जित निकालेको हो ।
गेटाफेको मैदानमा भएको खेलमा पहिलो हाफमा एक गोल गरेको रियलले दोस्रो हाफमा दुई गोल थप्यो । रियल मड्रिडका लागि राफायल भाराने र लुका मोड्रिकले एक–एक गोल गरे । एक गोल भने उपहार पाएको हो ।
खेलको ३४ औं मिनेटमा भारानेको प्रहार रोक्ने क्रममा गेटाफेका गोलरक्षक डेविड सोरियाले आफ्नै पोस्टमा गोल गर्न पुगे । उनले नै ५३ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे ।
इन्जुरी समयको छैटौं मिनेटमा फेडेरिको भाल्भेर्देको पासमा लुका मोड्रिकले गोल गरेपछि रियल मड्रिड ३–० ले विजयी भयो ।
जितपछि दोस्रो स्थानको रियल मड्रिडको १९ खेलबाट ४० अंक भएको छ । गएराति नै भएको अर्को खेलमा पुछारमा रहेको स्पानियोलसँग २–२ गोलको बराबरीमा रोकिएको बार्सिलोनाको पनि समान ४० अंक छ । तर बार्सिलोना गोल अन्तरका आधारमा शीर्ष स्थानमा कायम छ । ३० अंक रहेको गेटाफे सातौं स्थानमा झरेको छ ।
स्पानियोलका लागि खेलको २३ औं मिनेटमा डेभिड लोपेजले गोल गर्दै अग्रता बनाएका थिए । खेलको ५० औं मिनेटमा गोल गर्दै लुइज स्वारेजले बार्सिलोनालाई बराबरीमा ल्याए भने अर्टुरो भिडालले गोल गर्दै २–१ को अग्रता दिलाएका थिए । तर खेलको उ लुईले गोल गरेपछि खेल बराबरीमा सकियो ।
शनिबार राति नै भएको खेलमा लेभान्टेलाई २–१ ले पराजित गरेको एथ्लेटिको मड्रिड १९ खेलबाट ३५ अंकसहित पुनः तेस्रो स्थानमा उक्लिएको छ । अर्को खेलमा भ्यालेन्सियाले एइबरलाई १–० ले पराजित गरेको छ ।
प्रतिक्रिया