८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

बाणगंगाको आज विहानको मौसम-चार नम्बरतिर घाम, गजेहडातिर धुम्म



चन्द्रकान्त न्यौपाने, वाणगंगा ।
रेडियो मायादेवीका वरिष्ठ प्राविधिक प्रमुख मनोज थापाले कार्यकक्षबाट बाहिर निक्लने वित्तिकै ए, चन्द्र जि बाहिर आइहाल्नुस् त भनेर अपर्झट बोलाउनु भयो । सधैँ काम गर्दा मनोजले यसरी मलाई कैल्यै बोलाउनु भएको थिएन । सधै कार्यकक्षमा एकनासले ब्यस्त हुने म मनोजले भनेपछि हत्तपत्त के भयो भन्दै बाहिर निस्किहालेँ । अनि उहाँले भन्नुभयो–‘हेर्नुस् त कस्तो हो के ? हातको औँलाले इसारा गर्दै चार नम्बरमा घाम छ, गजेहडातिर हुस्सुसहित धुम्म छ के हो यार यस्तो ? उहाँ हास्नुभयो हाहाहा । म पनि हाँसे हाहाहहा । यो विहान सात बजेर २० मिनेट गएपछिको दृश्य हो । अनि मैले पनि हो मा हो मिलाइ हालेँ र भने हो त कस्तो अचम्म हाहाहा ! काठमाण्डौँ तिर त अक्सर यस्तै मौसम देखिन्थ्यो तर यतातिर यति नजिक-नजिक मौसममा यति फरक चैँ देखेको थिएन । मलाई पनि अचम्म लाग्यो । उहाँले थप्नु भयो, अर्को अचम्म छ । यहीँनेर घाम छ, यहाँनेर कुहिरो ! यति नजिक पनि यस्तो फरक ? अचम्मै लाग्यो मलाई त । दुवै जना खित्का छोडेर हाँस्यौँ । हाहाहा !
साँच्चिकै आइतबार विहान कपिलवस्तुको बाणगंगामा मौसममा अनौठो पनि देखियो । मनोजले भन्नुभो, मैले त ऐलेसम्म यस्तो देखेको थिएन । मलाइ पनि अचम्म लागेको थियो यो मौसम देखेर । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभर मौसम खुल्ने बताए पनि कपिलवस्तुमा भने खुलेन । कहिँ घाम कहिँ हुस्सु । चार नम्बर देखि उत्तरी भेगमा घामको पारिलो किरण देखिए पनि मायादेवी रेडियोको दक्षिणभेगबाट तौलिहवासम्म नै धुम्म देखिएको थियो । हामीले एकछिन यो दृश्य हेरिरहेका थियौँ । एकैछिनमा करिब आधा-घण्टापछि फेरि उत्तरीवेल्टमा पनि हुस्सु लागेको छ । एकछिन आएको घामका पारिला किरण हुस्सुले ढाकिएको छ । अहिले अत्यधिक चिसो बढेको छ ।
आइतबारदेखि देशभरिकै मौसममा सुधार आउने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभाव कमजोर हुँदै गएकाले आइतबार र सोमबार देशभरकै मौसम सामान्यतया सफा हुने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । अहिले काठमाण्डौसहित देशका केही ठाउँमा देखिएको कुहिरो पनि दिउँसोपछि हट्दै गएर घाम लाग्ने मौसमविद् मानन्धरले बताउनु भयो । सोमबार पनि सामान्यतया देशभरिकै मौसम सफा हुनेछ ।
नयाँ मौसमी प्रणाली देखिएकाले मङ्गलबारदेखि भने फेरि मौसम बदली हुने सम्भावना रहेको उहाँले बताउनु भयो । तर प्रणालीको असर कत्तिक्को पर्छ भन्ने बारे भने अहिल्यै भन्न नसकिने उहाँले जानकारी दिनुभयो ।आइतबार बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । केही दिन यता पश्चिमी वायुको प्रभावका कारण देशभर पानी र हिउँ पर्दा जनजीवन प्रभावित भएको थियो ।

प्रकाशित मिति : २० पुस २०७६ आइतबार ००:००  ७ : ४९ बजे