८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

गृह मन्त्रालयले भन्यो–सूर्यग्रहणमा विहीबार सार्वजनिक विदा छैन



काठमाडौं ।
सूर्यग्रहणका दिन बिहीबार सार्वजनिक विदा नहुने गृह मन्त्रालयले जनाएको छ । गृह प्रवक्ता केदारनाथ शर्माले हालसम्म त्यस्तो कुनै निर्णय नभएको बताए। ‘विदा थियो भने त पहिला मलाई जानकारी हुनुपर्ने हो । तर विदा दिनेबारे त्यस्तो कुनै सूचना मलाई प्राप्त भएको छैन’, सार्वजनिक विदाको हल्लाबारे स्पष्ट पार्दै सहसचिव शर्माले भने ।
बिहीबार बिहान ८ बजेर ४३ मिनेटदेखि ११ बजेर ३३ मिनेटसम्म करिब तीन घन्टा सूर्यग्रहण लाग्दै छ ।

प्रकाशित मिति : ९ पुस २०७६ बुधबार ००:००  ६ : ५७ बजे