८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

विहीबार वाणगंगाका सबै विद्यालय बन्द हुने, यस्तो छ कारण



मायादेवी अनलाइन, जितपुर ।
भोलि वाणगंगा नगरपालिका अन्तरगत रहेको सबै विद्यालय बन्द हुने भएका छन् । नगर भित्र रहेका सामुदायिक तथा निजी विद्यालय भोलि एक दिनका लागि बन्द हुने वाणगंगा शिक्षा शाखा अधिकृत खिम बहादुर जिसीले जानकारी दिनुभयो । बाणगंगा नगर शिक्षा समितिको बैठक बसी भोलि पौष १० गते सुर्य ग्रहणलाग्ने भएकोले नगरका सबै विद्यालय बन्द गर्ने निणर्य गरेको हो । विभिन्न विद्यालयमा सञ्चालन भएको राष्ट्रपति खेलकुद सञ्चालन हुने गरि विद्यालयहरुलाई विदा दिने निर्णय गरिएको जनाइएको छ ।

बिहीबार पौष महिनाको औँशीमा खण्डग्रास सूर्यग्रहण लाग्दैछ । विभिन्न देशमा फरकफरक समयमा ग्रहण देखिनेछ । नेपालमा बिहान ८ः४२ बजेदेखि ग्रहण सुरु हुनेछ । ग्रहणको मध्य समय बिहान १०ः०१ बजे हुनेछ र ग्रहण मोक्ष अर्थात् ग्रहण सकिने समय मध्यान्ह ११ः३१ बजे मात्र हुनेछ ।

प्रकाशित मिति : ९ पुस २०७६ बुधबार ००:००  ३ : ५२ बजे