८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

गुम्यो ओली सरकारको दुईतिहाई, समाजवादीद्धारा समर्थन फिर्ता



काठमाडौँ ।
समाजवादी पार्टीले केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार दिउँसो पत्रकार सम्मेलन गर्दै पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको हो ।
यसअघि मंगलबार पार्टीका तर्फबाट उपप्रधान एवं कानुन न्याय तथा संघीय मामिलामन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले पदबाट राजीनामा दिएका थिए ।
संविधान संशोधनको प्रस्ताव अस्वीकार गरेपछि समाजवादीले सरकार छाड्दै समर्थन फिर्ता लिएको बताएको छ । योसँगै केपी ओली नेतृत्वको सरकारले दुईतिहाई बहुमत गुमाएको छ । सरकारसँग अब साधारण बहुमत छ । समाजवादी पार्टीको संसदमा १८ सिट छ ।

प्रकाशित मिति : ९ पुस २०७६ बुधबार ००:००  ३ : २६ बजे