८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मृगौला पिडित रुपालाई आवर विज्डमको आर्थिक सहयोग



मायादेवी अनलाइन, जितपुर ।

मृगौला पिडित रुपा सिंजाली मगरलाई आवर विज्डम इंगलिस बोर्डिङ स्कुल बैरियाले आर्थिक सहयोग गरेको छ । दुबै मृगौला फेल भएपछि सिंजाली परिवारलाई उपचारमा आर्थिक समस्या परेको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर २ कप्टैया निवासी रुपालाई विद्यालयले आज एक कार्यक्रमका बिच २५ हजार ५ रुपैया रकम हस्तान्तरण गरेको हो । दबै मृगौला फेल भएका कारण मृगौला प्रत्यारोपणमा ठूलो रकम लाग्ने भएकाले रुपालाई उपचारमा आर्थिक समस्या परेको छ । रुपालाई विभिन्न संघसंस्था, विद्यालयले पनि आर्थिक सहयोग गरिरहेका छन् ।
आफुले गरेको सानो सहयोगले सिंजाली परिपारलाई केहि राहत हुनेभएकाले पनि आफुहरुले सहयोग गरेको विद्यालय व्यवस्थापन समितिका उमानाथ पौडेलले बताउनुभयो । उक्त रकम अध्यक्ष पौडेलले सिंजाली परिवारलाई हस्तान्तरण गर्नुभएको हो ।
कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहनुभएका पौडेलले आफु सक्दो सहयोग गर्न अन्य विभिन्न संघसंस्थालाई पनि आग्रह गर्नुभएको छ ।
मृगौला पिडित रुपाको स्वास्थ्य लाभको कामना गर्दे सम्पूर्ण विद्यालय परिवारको तर्फबाट सहयोग गरिएको विधालयका प्रधानाध्यापक नारायण शर्मा न्यौपानेले जानकारी दिनुभयो ।
यता दुबै मृगौला फेल भएका कारण प्रत्यारोपणमा धेरै पैसा लाग्ने सिंजाली परिवारले जनाएको छ । आफु सक्दो सहयोग गरी छोरीको जीवन बचाइदिन बुवा झविलाल सिंजालीले आग्रह गर्नुभयो ।

प्रकाशित मिति : ९ पुस २०७६ बुधबार ००:००  १ : ४४ बजे