गुल्मी ।
गुल्मीको मालिका गाउँपालिका ७ को वडा कार्यालयमा मंगलबार राति तोडफोड गरिएको छ । नचिनेको मान्छेको समूहले मंगलबार राति वडाध्यक्षको कार्यकक्षसहित अन्य कोठाहरूमा समेत तोडफोड गरेको वडाध्यक्ष वेदप्रसाद पन्थीले बताउनुभयो ।
वडाध्यक्ष पन्थीले कार्यालय तोडफोड भएको जानकारी पाएपछि आफू कार्यालय जाँदै गरेको र पुगेर हेरेपछि मात्र घटनाको बारेमा विस्तृत थाहा हुने जानकारी दिनुभयो ।
घटनाको जानकारी पाएपछि मर्भुङ्ग प्रहरी चौकी सिमलटारीबाट प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ । नचिनेको मान्छेको समूहले कार्यालयमा रहेको केही रकमसमेत लुटेको बताइएको छ ।
९ पुस २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया