८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

अभिषेकले घरमा बोलाएर हत्याको योजना बनाएः श्याम मिश्रा



मायादेवी अनलाइन, कृष्णनगर ।
राप्रपा संयुक्तका केन्द्रिय सदस्य तथा अभिनेता श्याम मिश्राले प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाहले घरमै बोलाएर आफ्नो ज्यान लिने योजना बनाएको खुलासा गरेका छन । पुस ४ गते अपराह्नपख सासंद शाहले आफुलाई काम छ घरमा आउनु भन्दै फोन गरेको नेता मिश्राले सुनाए । ‘अपराह्नपख सांसद शाहले मलाई फोन गरेर काम छ साँझ घरमा आउँ भने, मैले त्यति वास्ता गरिन, किनकि यो बीचमा हाम्रो सम्बन्ध राम्रो थिएन । फेरी उनले काम छ किन नआएको भन्दै पुनः दोस्रो पटक फोन गरे । सांसद जस्तो व्यक्तिले बोलाएपछि किन नजाने पक्कै केही काम होला भन्दै म साँझपख उनको घरमा गए । घरमा गएपछि उनले आफ्नो गेस्ट रुपमा लगे । लगत्तै ढोका लगाए । अनि मलाई अन्धाधुन्ध कुटपिट गरे, उनले मायादेवी टिभीसंग भने, मलाई कोठामा लैजादा वित्तिकै नशालु पदार्थ सुघाएर लठ्ठै पारेका थिए, त्यही मौका छोपेर उनले कुटिपिट गरे । मैले त्यो बेला केही गर्न सकेन ।”
कोठामा उनले आधा घण्टा कुटपिट गरेको मिश्राले सुनाए । कुटपिट गर्दै गर्दा सांसद साहले बन्दुक देखाएर ज्यान मार्ने धम्की समेत दिएको उनले सुनाए । बन्दुकको नाल मुखमा राखेर बडो नेतागिरी झारेको छस मारि दिउँ भन्दै धम्काएको उनको बताए । उक्त बन्दुकको नाल मुखमा जवरजस्त राखेर ‘एचट्दा’ दाँत नै हल्लिएको उनले बताए । मिश्राको मुखमा अहिले पनि गम्भिर चोट लागेको छ । बन्दुक ताकेपछि म जसोतसो होसमा आए र ढोकाको छेउनिर पुगे, विस्तारै उठेर चुक्कल खोलेर आफु बाहिर निस्कन सफल भएको उनी बताउँछन ।
मंगलबार उनकै निवासमा मायादेवी टिभीले गरेको कुराकानीको क्रममा उनले आफुमाथि आक्रमण गर्ने सांसद शाहलाई कानुनी कारबाहीको माग गरेका छन । ‘प्रहरीले अहिलेसम्म जाहेरी लिन पनि मानेको छैन उनले भने, म प्रहरीलाई सोध्न चाहन्छु, म माथि आक्रमण गर्ने सांसद शाहलाई किन कारबाही हुँदैन ? उनीमाथि कानुनी कारबाही होस ।’ यदि कानुनी राज्यको देश हो भने ।
सांसद शाहको आक्रमणबाट उनको टाउको, मुख, छाती, घाँटी र खुट्टाका विभिन्न भागमा चोट लागेको छ । उनी घाइते भएलगत्तै बहादुरगञ्जस्थित शिवराज अस्पतालमा ल्याइएको थियो । त्यसपछि उनलाई थप उपचारका लागि वुटवल रिफर गरिएको थियो । बुटवलमा उपचार पश्चात मिश्रा अहिले घरमै छन् ।
मिश्रा गत स्थानीय तहको निर्वाचनमा राप्रपाबाट मेयरका उम्मेदवार बनेका थिए । उनी दोस्रो स्थानमा आउन सफल भएका थिए । झण्डै आधा दर्जन भोजपुरी फिल्ममा नायकको भूमिका निर्वाह गरिसकेका मिश्राले विभिन्न म्युजिक भिडियोमा पनि अभिनय गरेका छन् । कृष्णनगरका सहयोगी र मिलनसार युवाका रुपमा चिनिने मिश्राले आफुलाई घरमै बोलाएर कुटपिट गर्ने शाहले नशा खाएर आयो भनेर निकालेको विज्ञप्तिमाथि गम्भिर आपत्ति जनाएका छन । “मैले आजसम्म जाँडरक्सी मुखमा पनि हालेको छैन्, मेरो बारेमा सबैलाई सोध्नुस । घटनाबाट बच्न जे आरोप लगाएपनि हुने उनले भने ।
सांसद शाहले आफुलाई आक्रमण गर्ने योजना पहिलेदेखि नै बनाएको उनले बताए । ‘विगतमा पनि आफुमाथि शाहले शिलशिलेबारमा फसाउन खोजेका हुन, तर म सहि थिए सकेनन्, उनले भने, “अहिले घरमा पाहुनाको रुपमा बोलाएर कायरता देखाए ।” लडाई गर्ने चाहना नै भए घरको कोठामा नभई खुल्ला मैदानमा उत्रन उनले चेतावनी दिएका छन । ‘घरको कोठामा बोलाएर आक्रमण गर्ने त कायरले हो, दम्भ छ भने, आओस न खुल्ला फिल्डमा ।’ उनले भने । पछिल्लो समय कृष्णनगरमा आफुले पाएको लोकप्रियताले शाह डराएर आक्रमणको योजना बनाएको उनको तर्क थियो ।

प्रकाशित मिति : ९ पुस २०७६ बुधबार ००:००  १० : २३ बजे