मायादेवी अनलाइन, कपिलवस्तु ।
प्रदेश ५ मा विनाअप्रेसन मृगौलाको पत्थरी निकाल्न सकिने प्रविधि भित्रिएको छ । केही महिनाअघिबाट रुपन्देहीको बुटवलमा सञ्चालनमा आएको तिनाउ ईन्टरनेशनल हस्पिटलले यो प्रविधि पहिलोपटक प्रदेशमा भित्राएको हो । यस क्षेत्रमै पहिलो पटक मृगौलाको पत्थरी निकाल्नका लागि लेजर प्रविधी भित्रायाएको छ । यो प्रबिधि आएसंगै अब मृगौलामा पत्थरी निकाल्नको लागी अप्रेशन गर्नुपर्ने झण्झट अन्त्य भएको छ ।
सिनियर चिफ कन्सल्टेन्ट हाड जोर्नी ट्रमा, नसा तथा स्पाईन सर्जन राजेन्द्र सन्जेलले पाँच नं. प्रदेशमै पहिलो पटक लेजर प्रविधी भित्राएको बताउँदै सफल उपचार समेत सुरु गरेको बताउनु भयो । उहाँले आर.आइ.आर.एस. बिना अप्रेसन लेजरको माध्यमबाट मिर्गौलाको सर्जरी गरी पत्थरी निकाल्ने विधि भएको भन्दै अब धेरैलाई यसले फाइदा दिने बताउनु भयो । उहाँले यसप्रकारको प्रविधि प्रदेशमा नभएकाले धेरै विरामीले दुख पाएको महशुस गरी आफूहरुले यो सुविधा ल्याएको बताउनु भयो ।
अस्पतालका अध्यक्ष चिरञ्जिवी जोशीका अनुसार प्रविधी ल्याएसंगै जनरल सर्जन डा. सन्जय कुमारको टिमले लेजर प्रबिधिद्वारा पत्थरी निकाली सफल उपचार गरेको जनाइएको छ । अस्पतालको प्रवन्ध निर्देशक बिमल श्रेष्ठले बिरामीको चुस्त सेवाका लागि अस्पताल प्रतिवद्ध रहेको बताउनुभयो ।
प्रतिक्रिया