काठमाण्डौं ।
न्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर ‘निराला’ खड्का सिफारिस भएका छन् । सर्वोच्च अदालतको न्यायाधीश बन्नका लागि न्यायपरिषदबाट राजीनामा दिएका पदमप्रसाद वैदिकको स्थानमा उनलाई सिफारिस गरिएको हो ।
न्यायपरिषदमा सरकारको कोटाबाट सिफारिस हुने सदस्यमा उनको नाम सिफारिसमा परेका हुन् । उनी तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालका महान्यायाधिवक्ता थिए ।
मंगलबार बिहान बसेको संसदीय सुनुवाइ समितिले १० दिनको समय दिएर निरालाविरुद्ध उजुरी आह्वान गरेको छ ।
वैदिकले सर्वोच्चको न्यायाधीस बन्नका लागि एक वर्ष कार्यकाल बाँकी हुँदै राजीनामा दिएका थिए । तर उनी न्यायाधीसमा सिफारिस भएका छैनन् ।
निराला २०६२ पुस ११ देखि २०६३ वैशाख १५ सम्म महान्यायाधिवक्ता थिए । यो समयमा तत्कालीन राजा ज्ञानेन्द्र मन्दिपरिषदको अध्यक्ष थिए । त्यसअघिका महान्यायायधिवक्ता पवन ओझा सर्वोच्चको अस्थायी न्यायाधीश नियुक्त भएपछि निराला महान्यायाधिवक्ता बनेका थिए ।
ओझालाई राजाको पालामा अस्थायी न्यायाधीश नियुक्त भएको भन्दै स्थायी नबनाइएपनि राजाको प्रत्यक्ष शासनकालमा महान्यायाधिवक्ता बनेका निराला भने न्यायाधीश नियुक्ति गर्ने न्यायपरिषद्को सदस्यमा सिफारिस भएका हुन् ।
प्रतिक्रिया