मायादेवी अनलाइन, कपिलवस्तु ।
चिसोसंगै बढेको हुस्सु र कुहिरोले जनजीवनमात्र प्रभावित भएको छ । चिसोले मानिसको दैनिकी त प्रभावित भएको छ नै यातायात र हवाई सेवा पनि प्रभावित भएको छ । हुस्सु र कुहिरोकै कारण भैरहवामा बुद्ध, यती, श्री एअरलाईन्सका नियमित उडान प्रभावित भएका छन् । बाक्लो हुस्सुका कारण आवश्यक भिजिबिलिटी कम हुँदा भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा २ दिनदेखि उडान र अवतरण सेवा पूर्णरुपमा बन्द भएको छ । विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरण कार्यालयका अनुसार उडान अवतरणका लागि कम्तिमा १६ सय मिटर भिजिबिलिटी आपश्यक पर्छ तर त्यहाँ हिजो जम्मा ६ मिटर भिजिबिलिटी थियो ।प्राधिकरणले आज पनि मौसममा सुधार नआए उडान प्रभावित हुन सक्ने जनाएको छ । काठमाडौं तथा पहाडी क्षेत्रका विमानस्थल बिहानैदेखि खुले पनि तराईका विमानस्थलहरु मौसम खराबका कारणले नखुल्दा देशभरकै हवाई उडान तालिका प्रभावित बनेको छ । यस्तै चिसोले गर्दा बिहानैदेखि खुल्ने बजार÷पसल पनि ९÷१० बजेसम्म पनि खुल्ल्न सकेका छैन । बजारमा सर्वसाधरणको चलपहल घटेको छ यातायातका साधन पनि कम चलेका छन् ।
७ पुस २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया