८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

वेष्टइण्डिजविरुद्धकोे क्रिकेट सिरिज भारतको पोल्टामा, कोहली शतकबाट चुके



मायादेवी अनलाइन, कपिलवस्तु ।
वेष्टइण्डिजविरुद्धकोे एक दिवसीय क्रिकेटको उपाधि भारतको पोल्टामा परेको छ । गयराति भएको अन्तिम खेलमा भारतले वेष्टइण्डिजलाई ४ विकेटले पराजित गरेसंगै भारतले सिरिज २-१ ले आफ्नो पक्षमा पारेका हो । कटकको बाराबती स्टेडियममा ३१६ रनको लक्ष्य रनको विशाल लक्ष्य भारतले ४८ दशमलव ४ ओभरमा पुरा गर्यो । भारतको जितमा कप्तान विराट कोहली शतक बनाउनबाट चुके । यस्तै ओपनरद्धय रोहित शर्माले ६३ रनको योगदान दिए भने केएल राहुलले ७७ रनको योगदान दिए । पहिले ब्याटिङ गरेको वेष्टइण्डिजले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै ३१५ रन बनाएको थियो ।भारतका नवदीप सैनीले २ विकेट लिदाँ रवीन्द्र जडेजा, मोहम्मद समी र सर्दुल ठाकुरको नाममा १–१ विकेट रह्यो ।
सो विशाल योगफल बनाउने क्रममा वेष्टइण्डिजका निकोलस पुरन र किरन पोलार्डले विष्फोटक ब्याटिङ गरे । पुरनले ७४ बलमा ८९ रन बनाए भने पोलार्डले ५१ रनमा ७४ रन बनाएका थिए । साइ होपले ४२ रन बनाउँदा रोस्टनले ३८, सिमरोनले ३७ रन जोडेका थिए । इभन लुइसले २१ रन बनाएका थिए ।यसअघि पहिलो खेल वेष्टइण्डिजले जितेको थियो भने दोश्रो भारतले जितेर श्रृङखला एकएकको बराबरीमा गएको थियो ।

प्रकाशित मिति : ७ पुस २०७६ सोमबार ००:००  ६ : २१ बजे