८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

सलमानलाई उछिन्दै विराट फोर्ब्सको पहिलो स्थानमा



बीबीसी हिन्दी ।
भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली कमाई र लोकप्रियताका हिसाबमा क्रिकेटर सचिन तेन्दुलकर, महेंद्र सिंह धोनी र रोहित शर्माभन्दा पनि अघि छन् । तर, हालै फोर्ब्स म्याग्जिनले विराटलाई क्रिकेटरहरूको तुलनामा मात्रै नभई बलिउडका सुपरस्टार मानिने अभिनेतामाथि पनि भारी भएको तथ्यांक प्रस्तुत गरेको छ ।

फोर्ब्स म्यागजिनले हालै प्रकाशित गरेको भारतका १०० जना सेलिब्रेटीको सूचीमा विराट सलमान खान, शाहरुख खान र अक्षय कुमारलाई पनि उछिन्दै पहिलो स्थानमा आएका छन् ।

पछिल्लो तीन वर्षदेखि पहिलो स्थानमा दबदबा बनाइरहेका सलमानलाई उछिन्दै २०१९ को सूचीमा विराट आएका हुन् । फोर्ब्सअनुसार यो स्थानमा पहिलोपटक एक खेलाडी पर्न सफल भएका हुन् ।
यो अध्ययन पेसा र विज्ञापनबाट प्राप्त गरेको कमाई र लोकप्रियताका आधारमा तयार पारिन्छ । जसमा २०१८ अक्टोबरदेखि २०१९ सेप्टेम्बर सम्ममा गरेको कमाई र प्रसिद्धिका आधारमा यो सूची तयार पारिएको हो ।

म्यागजिनका अनुसार ३१ वर्षीय कोहलीको कमाई भारतीय २ सय ५२ करोड ७२ लाख रुपैयाँ रहेको छ । इन्स्टाग्राममा प्रत्येक प्रायोजित पोस्टको करोड रुपैयाँ लिने कोहलीको खेल शुल्क, बीसीसीआई केन्द्रीय अनुबन्ध र ब्रान्ड राजदूतको पारिश्रमिकका आधारमा फोर्ब्सको पहिलो स्थानमा पर्न सफल भएका हुन् ।

कमाइको आधारमा अक्षयकुमार पहिलो स्थानमा
यो सूचीको दोस्रो स्थानमा अभिनेता अक्षय कुमार छन् । तर, कमाइको मूल्यांकन गर्ने हो भने अक्षय पहिलो स्थानमा छन् । २९३.२५ करोड कमाइसहित उनी पहिलो स्थानमा आए पनि लोकप्रियताको आधारमा भने अक्षय दोस्रो स्थानमा नै पर्छन् ।

२२९.२५ करोड कमाइका साथ सलमान खान तेस्रो स्थानमा छन् । बलिउडका बिग बी अमिताभ बच्चन २३९.२५ करोड कमाइका साथ यो सूचीको चौँथो स्थानमा छन् । भने १३५.९३ करोड रुपैँया कमाइ गरेर धोनी पाचौँ स्थानमा छन् । छैटौं र सातौँ स्थानमा शाहरुख खान र रणवीर सिंह छन् । जहाँ शाहरुखको कमाइ १२४.३८ करोड र रणवीरको ११८.२ करोड रहेको छ । शीर्ष १० स्थानमा आलिया भट्ट र दीपिका पादुकाण पनि पर्न सफल भएका छन् । जसमा ५९.२१ करोड सहित आलिया आठौँ र ४८ करोड कमाइसहित दीपिका १० औँ स्थानमा छिन् । नवौँस्थानमा ७६.९६ करोड रुपैयाँसहित सचिन तेन्दुलकर परेका छन् ।
(बीबीसी हिन्दी)

प्रकाशित मिति : ६ पुस २०७६ आइतबार ००:००  ३ : ४६ बजे