बुटवल ।
तिलोत्तमाको सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था प्रदेश ५ को उत्कृष्ट सहकारी भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को मूल्याङ्कनमा सामूहिक विकास प्रदेश ५ का चार हजार भन्दा बढी सहकारीमध्ये उत्कृष्ट सहकारी घोषित भई पुरस्कृत भएको हो ।
७ हजार ५३ जना सदस्य रहेको सहकारीको शेयर पुँजी १७ करोड २३ लाख, निक्षेप एक अर्ब ७७ करोड, ऋण लगानी एक अर्ब ८० करोड र कूल सम्पत्ति २ अर्ब ३० करोड रहेको छ । संस्थाले गत आर्थिक वर्षमा ७ करोड १७ लाख सञ्चालन मुनाफा आर्जन गरेको थियो । सामूहिक सहकारी आर्थिक कारोवारको हिसावले प्रदेश नं। ५ कै सवैभन्दा ठूलो सहकारी हो । सहकारीको शंकरनगर २ मा आफ्नै चारतले कार्यालय भवन छ भने १९ जना कर्मचारी छन् ।
प्रतिक्रिया