एजेन्सी ।
बेल्जियन फरवार्ड रोमेलु लुकाकुको दुई गोलसँगै इन्टर मिलानले युभेन्टसलाई पछि पार्दै इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ ।
इन्टर मिलानले घरेलु मैदानमा भएको खेलमा जिनोआलाई ४–० ले पराजित गर्दै सिरी ‘ए’ को शीर्षस्थानमा फर्किएको हो । समान १७ खेलबाट ४२ अंक रहेपनि इन्टरले गोल अन्तरमा युभेन्टसलाई पछि पारेको हो ।
इन्टर मिलानको जितमा लुकाकुको दुई गोलसँगै रोबर्टो गाग्लीयरडिनी र सेवास्टियानोले समान १ गोल गरे । खेलको ३१औं मिनेटमा लुकाकुको गोलबाट इन्टरले अग्रता लिएको थियो । त्यसको दुई मिनेटपछि रोबर्टोले गोल गर्दै अग्रता दोब्बर पारे ।
६४औं मिनेटमा सेवास्टियानोले अर्को गोल थपे । ७१औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गर्दै इन्टरलाई ४–० को फराकिलो जित दिलाए ।
प्रतिक्रिया