८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

नेपाल किसान ट्याक्टर समितिको १५ औँ साधारण सभा



मायादेवी अनलाइन, वाणगंगा ।
नेपाल किसान ट्याक्टर समितिको १५ औँ साधारण सभा सम्पन्न भएको छ । कपिलवस्तुको बाणगंगा ८ मा रहेको आफ्नै केन्द्रिय कार्यालयमा सम्पन्न साधारणसभामा बोल्दै नेपाल किसान ट्याक्टर महासंघका अध्यक्ष खेम प्रसाद गौतमले समितले गरेको कामको खुलेरै प्रशंसा गर्नुभयो । कृषिको क्षेत्रमा ट्याक्टरले धेरै योगदान दिएपनि राज्यले बुझ्न नसकेको बताउनुभयो । ऋण निकालेर ट्याक्टर निकाले पनि अहिलेको प्रतिष्पर्धामा टिक्न गाह्रो रहेको बताउनुभयो ।

साधारणसभामा संस्थाका अध्यक्ष मधु अर्यालले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने संस्थाका कोषाध्यक्ष विष्णु गिरीद्धारा आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो । संस्थाले दुर्घटना क्षतिपूर्ति १० हजार सम्मको १ सय प्रतिशत र १० लाख सम्मको ७५ प्रतिशतका दरले भुक्तानी गरिरहेको जानकारी दिइएको थियो ।
संस्थाका महासचिव झविन्द« खनालद्धारा प्रस्तुत प्रगति प्रतिवेदनमा बर्षभरी गरेकाको कामको बारेमा जानकारी दिनुभएको थियो । संस्थाले आर्थिक बर्षमा गरेका कार्यबाट उपलब्धिहरुबारे जानकारी दिदै आगामी दिनको कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।

साधारणसभामा जिल्ला समन्वय समितिकी उप प्रमुख तारावती चौधरी, कपिलवस्तु उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष हुमनाथ पौडेल, कपिलबस्तु बालगृहका अध्यक्ष राजु अर्याल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

Image may contain: 4 people, suitImage may contain: 3 people, people smiling, indoor

प्रकाशित मिति : ५ पुस २०७६ शनिबार ००:००  ९ : ३० बजे