मोहम्मद इरफान मन्सुरी, लवनी ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं. ६ गौरामा दुई दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । शुद्धोधन गाउँपालिका वडा नं. ६ को सहयोग तथा डायानमिक सामाजिक बिकास संस्थाको आयोजनामा शुक्रबारदेखि भएको उक्त पत्रकारिता तालिममा वडा भित्रका २८ जना युवा, युवातीहरुको सहभागिता रहेको थियो ।
तालिमको समापन गदैं डायानमिक सामाजिक बिकास संस्थाका अध्यक्ष मोहमद इराफान मन्सुरीले गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि शुद्धोधन गाउँपालिका वडा नं. ६ बिजय यादवले पत्रकारिता क्षेत्र मर्यादित बनाउनु पर्नेमा जोड दिनुभयो । पत्रकारिता क्षेत्रको विकासका लागि वडा कार्यालयले सक्दो सहयोग गर्ने उहाँ प्रतिबद्धता जनाउनुभयो । समाजको गतिबिधि र खोज पत्रकारिता गर्न उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रम समापन गदैं डायानमिक सामजिक बिकास संस्था अध्यक्ष मोहम्मद इरफान मन्सुरीले सहभागीलाई आफूले सिकेको कुरा सही रुपमा कार्यान्वयन गर्न सुझाव दिनुभयो । कार्यक्रममा मधेशी पत्रकार समाजको जिल्ला सदस्य राघबेन्द्र चौबेको लगायतको सहभागिता रहेको थियो ।
डायानमिक सामजिक बिकास संस्था अध्यक्ष मोहम्मद इरफान मन्सुरीको अध्यक्षता, वडाध्यक्ष बिजय यादवको प्रमुख आतिथ्यता, संस्थाका सदस्य बिक्रम विश्वकर्माको सञ्चालन रहेको थियो । पुस ४ र ५ गतेसम्म सञ्चालन भएको उक्त तालिममा पत्रकारिता क्षेत्रका जिल्लाको आधा दर्जन बढी अग्रज पत्रकारहरुले तालिमको सहजीकरणमा सहयोग गरे थिए । तालिममा किरणमान बज्राचार्य, मनोज श्रीवास्तव र राघबेन्द्र चौबेले प्रशिक्षण दिनु भएको रहेको थियो ।
प्रतिक्रिया