८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

खारखानीमा कपिलवस्तु मदिरा व्यवसायीको ५ औं बार्षिक साधारण सभा



बाबुराम रायमाझी, जितपुर ।
कपिलवस्तु मदिरा व्यवसायिको ५ औं बार्षिक साधारण सभा वनणगंगा ७ बनगाइको खारखानीमा सम्पन्न गरेको छ । इजाजत पत्र लिएर मात्र बिक्री गरौं, अबैध मदिराको बिक्री बितरण सेवन नगरौ, बालक, बृद्ध, अशक्त समय र धन नहुनेहरुले सेबन नगरौ’ भन्ने नाराका साथ ५ औं साधारणसभा भएको हो ।
सो सभामा महा सचिव गोबिन्द पौडेलले बार्षिक प्रतिबेदन पेस गरेका थिए । कार्यक्रममा केन्द्रिय महा सचीव तारानाथ ढुंगाना, प्रदेश ५ का अध्यक्ष गिरिराज पौडेल कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल अध्यक्ष, सन्देश कक्षपति लगायतले बजारमा अस्वस्थ प्रतिस्पर्धा नगरी हिसाब किताब चुस्त दुरुस्त राख्नु पर्ने कुरामा जोड दिए ।
राज्यले घरेलु मदिराको बिक्री वितरणको अनुगमन तथा नियमन गर्नुपर्ने कुरामा उनीहरुको जोड थियो । कार्यक्रममा दुई दर्जन मदिरा कम्पनीका प्रतिनिधिलाई सम्मानित गरिएको थियो ।

प्रकाशित मिति : ५ पुस २०७६ शनिबार ००:००  ७ : ४३ बजे