मायादेवी अनलाइन, कोपवा ।
कपिलवस्तुको वाणगंगा नगपालिका वडा नं. ५ कोपवा स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको छैठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा संस्थाका लेखा समितिका सदस्य सिर्जना अधिकारीले आर्थिक वर्ष २०७५÷०७६ को कुल ४ करोड १४ लाख ३२ हजार ६ सय ४९ रुपैया बराबरको आर्थिक प्रतिवेदन सार्वजनिक गरिन । कुल कारोवारको १० लाख ६७ हजार ९ सय ७९ रुपैँया खुद नाफा भएको पनि उनले जनाइन ।
कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रिय संघ वन तथा वातावरण विभागका केन्द्रिय सदस्य कुमार मधु वेल्वासेले विभिन्न वित्तिय संस्थाहरुको तुलनामा साना किसान कृषि सहकारी संस्था भिन्न खालको संस्था भएकाले पछाडि पारिएका वर्गहरुलाई संगठित गर्ने र सीपमूलक आयआर्जन सँगै जिविकोपार्जनमा सहयोग सिद्ध भएको बताए ।
कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष भिष्मराज भुसालले साना किसान सहकारीको उत्थान र किसान वर्गको व्यवसायिक कृषिकार्यलाई विशेष महत्वका साथ वडाले पनि योजना बनाएको बताए ।
कार्यक्रममा साना किसान सहकारी संस्था बनगाईका अध्यक्ष भिम प्रसाद सापकोटाले छरिएर रहेका सबै गृहिणी महिलाहरुलाई सहकारीले संगठित गर्दै व्यावसायिक कारोवारमा सक्रिय सहभागिता जनाउन उत्प्रेरणा प्रदान गरको बताए । उनले सबै समुदायका सदस्यहरुलाई साना किसान सहकारी मै आबद्ध हुन आग्रह गरे ।
कार्यक्रममा संस्थाका अध्यक्ष मालिका पोख्रेलको अध्यक्षता नेपाल कृषि सहकारी संघ केन्द्रय वन तथा वातावरण विभागका केन्द्रिय सदस्य कुमार मधु वेल्वासेको प्रमुख आतिथ्यता रहेको थियो । शिक्षा विभागका केन्द्रिय सदस्य पदम खनालको विशिष्ट आतिथ्यता रहेको थियो भने दिव्य ज्योति बहुउद्धेश्य सहकारीका व्यवस्थापक विष्णुमाया भट्टराई, सुरक्षाकार्मी, पत्रकार लगायत विभिन्न सहकारी संघ सस्थाका प्रमूख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा स्थानिय महिला जनप्रतिनिधिहरु, समाजसेवी चिरञ्जिवी गिरी, साना किसान सहकारी वनगाई शाखाका प्रमूख शालिकराम पौडेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा ३ सय बढिको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाकी सदस्य कुमारी सुनारी मगरको स्वागत मन्तव्य र व्यवस्थापक रोमा खनालको स्ांचालनमा सम्पन्न भएको थियो । ७ सय १८ जना शेयर सदस्यहरु रहेको साना किसानको स्थापना वि.सं. २०७० सालमा भएको थियो ।
प्रतिक्रिया