काठमाण्डौं ।
कला र मनोरञ्जनका लागि मात्रै नभएर नृत्य स्वास्थ्यका दृष्टिकोणले समेत लाभदायी छ । यसले शारीरिक र मानसिक रूपमा स्वस्थ रहन मद्दत गर्छ । दैनिक करिब एक घन्टा पसिना निकालेर नाच्दा विभिन्न रोगबाट समेत टाढा रहन सकिन्छ । नाच्दा एक सयदेखि चार सयसम्म क्यालोरी घट्ने भएकाले तौल व्यवस्थापन गर्न सजिलो हुन्छ ।
बिहानको समयमा नृत्य गर्दा वा सिक्दा झन् प्रभावकारी हुन्छ । नियमित नृत्य गरेमा शारीरिक रूपमा फिट रहन सकिन्छ । साथै, रक्तसञ्चार राम्रो हुन्छ र समग्र वृद्धि–विकासमा मद्दत पुग्छ । नृत्यले शरीरमा सकारात्मक ऊर्जा पैदा गर्छ । एक्लोपना, डर, चिन्ता र डिप्रेसनजस्ता समस्याबाट टाढा राख्छ । संगीतको तालमा नृत्य गर्दा मन शान्त रहन्छ र मस्तिष्क क्रियाशील हुन्छ ।
नृत्य गरेरै तनावबाट राहत महसुस गर्न सकिन्छ । खासगरी, कामकाजी मानिसले साँझतिरको समय नृत्य गर्न उचित हुन्छ । साँझको नृत्यले दैनिक कामका कारणले हुने तनाव हटाउन र शान्त महसुस गर्न मद्दत पु¥याउँछ । त्यस्तै, शरीरमा स्फूर्तिसमेत महसुस गराउँछ । नाच्दा आत्मविश्वास बढ्छ । शरीरमा छुट्टै किसिकको ऊर्जा आउने भएकाले हिच्किचाहटसमेत टाढा भाग्छ । आजभोलि अधिकांशले मोबाइल, कम्प्युटर, टिभीमा अत्यधिक समय बिताउने गर्छन् । यस्तो निष्क्रिय जीवनशैलीले विशेषगरी बालबालिका बढी प्रभावित हुने गरेका छन् ।
बालबालिकालाई सामाजिक सञ्जालको लतबाट टाढा राख्न, पढाइको बोझबाट रिफ्रेस गराउन पनि नृत्य सिकाउन जरुरी छ । यसले स्मरणशक्तिसमेत बढाउँछ ।
५ पुस २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया