१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

साग पुरुष भलिबलः बंगलादेशसँग नेपाल ३-२ को सेटमा पराजित



काठमाण्डाै ।

१३ औं दक्षिण एसियाली खेलकुदअन्तर्गत पुरुष भलिबलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।
निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल ३–२ को सेटमा पराजित भएको हो । नेपालले पहिलो र तेस्रो सेटमा जित हात पार्दा बंगलादेशले दोस्रो, चौथो र पाँचौं सेटमा बाजी मारेको हो ।

नेपालले दुवै सेट निकै प्रतिस्पर्धात्मक रुपमा पछि परेको थियो । पहिलो सेट २५–२० ले जितेको नेपालले दोस्रो सेट २५–२३ ले गुमाएको थियो । तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्दै २–१ को अग्रता बनाएको नेपाल चौथो सेटमा २६–२४ ले पछि परेपछि बंगलादेशले २–२ को बराबरी गर्न सफल भयो ।

पाँचौं सेटमा बंगलादेशले भने १५–१२ ले आफ्नो पक्षमा पार्दै जित हात पारेको हो । नेपालले बंगलादेशसँग पराजित भएसँगै सेमिफाइनल पुग्न भने कठिन भएको छ । अब नेपालले बलियो मानिएको भारतसँग खेल्नु पर्ने छ ।

प्रकाशित मिति : ११ मंसिर २०७६ बुधबार ००:००  १० : ०३ बजे