मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुका वाणगंगा नगरपालिका वडा नं. ५ का वडाध्यक्ष भिष्मराज भुसाललाई डेंगुको संक्रमण देखिएको छ । वडाध्यक्ष भुसाल केही दिन देखि अस्वस्थ हुनुहुन्थ्यो । उहाँलाई डेंगुको संक्रमण देखिएको अस्पताल स्रोतले जनाएको छ ।
अहिले उहाँ वेडरेष्टमा हुनुहुन्छ । नगरपालिकाका सामाजिक विकास समितिका संयोजक समेत रहनुभएका भुसाल नगरपालिकामा सञ्चालन गरिएको डेंगु नष्ट अभियानमा सक्रिय रुपमा लाग्नुभएको थियो ।
सोही अभियानको क्रममा डेंगु संक्रमित लामखुट्टेले टोकेको हुन सक्ने आशंका गरिएको छ । अहिले कपिलवस्तुको पिपरा अस्पतालमा निशुल्क डेंगु रोगको परिक्षण हुने गरेको छ । विहीबार सम्म ३२ जनामा डेंगु फेला परेको वाणगंगा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
प्रतिक्रिया