मायादेवी अनलाइन, कृष्णनगर ।
कृष्णनगर भन्सार कार्यालय इतिहासमै लक्ष्य अनुसारको राजश्व उठाउन असफल भएको छ । देशको प्रमुख भन्सार नाका मध्येको एक कृष्णनगर भन्सार कार्यालय गत आवमा राजश्व उठाउन इतिहासमै असफल भएको हो । चालु आवको दुई महिनालाई नियाल्ने हो भने पनि लक्षण राम्रो देखिदैन् । साउन र भदौ महिनामा लक्ष्यको आधा पनि राजश्व उठ्न सकेको छैन् ।
आव ०७५÷०७६ मा कृष्णनगर भन्सार कार्यालयले ६ अरब ५७ करोड २१ लाख बराबरको राजश्व उठाउने लक्ष्य लिएको थियो । तर, ४ अरब ६७ करोड ८६ लाख बराबरको राजश्व उठेको छ । जुन प्रतिशतको हिसाबमा ७१ प्रतिशत हो ।
गत कार्तिक महिनाको १४ गते विष्णु प्रसाद पौडेल भन्सार प्रमुखका रुपमा कार्यालय सम्हाल्न आएका थिए । पौडेल आएदेखि भन्सारको उदोगति सुरु भएको हो । आव ०७५÷०७६ को तीन महिना (साउन, भदौ र असोज) सम्म पुण्यविक्रम खड्का भन्सार प्रमुखको रुपमा थिए । खड्काले तीन महिना भन्सार सम्हाल्दा दुई महिना लक्ष्य भन्दा बढी राजश्व उठेको देखिन्छ । साउन महिनामा लक्ष्यको ७९ प्रतिशत राजश्व उठेको थियो भने भदौमा ११५ प्रतिशत र असोजमा १२२ प्रतिशत राजश्व उठेको थियो ।
सुठौली छोटीलाई ठूलो भन्सार कार्यालय बनाउन महत्वपूर्ण भूमिका खेलेका खड्का छोटो समयमै सरुवा हुन पुगे । खड्काले दुई महिना राम्रै राजश्व उठाएका थिए । कार्तिक देखि भन्सार कार्यालय प्रमुखको रुपमा रहेका पौडेल चालु आवको भदौ महिना वितिसक्दा पनि लक्ष्यअनुसार कुनै महिना राजश्व उठाउन सकेका छैनन् । चालु आवको साउनमा ४७ प्रतिशत राजश्व उठेको छ भने भदौ महिनामा ५२ प्रतिशत राजश्व उठेको छ ।
लक्ष्य भन्दा निकै कम राजश्व उठाएका पौडेललाई किन कम राजश्ज उठ्यो ? तपाई त असफल हुनुभयो नि भनेर प्रश्न गर्दा असफल भएको देखे सरुवा गरे भैगोनी भनेर सहजै जवाफ फर्काउने गरेका छन् । राजश्व कम उठ्नुको कारण मिडियालाई प्रष्ट भन्न खोज्दैनन् । भारतबाट आयात घटेको कारण राजश्व कम उठेको उनको उत्तर हुने गर्दछ । पौडेलले नेपाल आफैमा आत्मनिर्भर हुन थाल्दा पनि यस्तो हुन आएको बताउँछन् ।
यो पनि पढ्नुहोस
कृष्णनगर भन्सारमा लक्ष्य अनुसारको राजश्व उठेन, क्लिङ्करको आयात घट्दो
कृष्णनगर भन्सारलाई ०७२÷०७३ बाट ०७४÷०७५ सम्म नियाल्ने हो भने निकै प्रगति भएको देखिन्छ । ०७२÷०७३ मा १०७.२५ प्रतिशत राजश्व उठेको थियो भने ०७४÷०७५ मा यो क्रम बढेर १२७ सम्म पुगेको थियो । यस्तै ०७४÷०७५ मा १५२.७९ प्रतिशत राजश्व उठेको पनि भन्सार कार्यालयमा इतिहास छ ।
यो पनि पढ्नुहोस
कृष्णनगर भन्सारले इतिहास रच्यो, अहिले सम्मकै सबैभन्दा बढी राजश्व संकलन
जुन राजश्व इतिहासमै सबैभन्दा बढी उठेको थियो । चुनावी बर्षमा कृष्णनगर भन्सार कार्यालयले इतिहासमै सबैभन्दा बढी राजश्व उठाएको थियो । अहिले दुई तिहाईको सरकार भएर पनि राजश्व संकलनमा बृद्धि हुन सकेको छैन् ।
विगत तीन बर्षको राजश्व बढ्नुको कारण नियाल्ने हो भने भन्सार सहजता बनाउन चालिएको कदम नै थियो । भन्सार सहज बनाउन जुन नाकाले बढी तदारुकता देखाउछ त्यही नाका हुँदै व्यापारीहरु नेपाल छिर्न खोज्छन् । विगतका तीन बर्षलाई नियाल्ने हो भने अस्थिर सरकार, अस्तव्यस्त राजनीतिक व्यवस्था, भारतीय नाकाबन्दीको पीडा हुँदा हुँदै पनि कृष्णनगर भन्सारले उच्चगतिमा प्रगति गरेको थियो ।
यो पनि पढ्नुहोस
कृष्णनगर भन्सारको राजश्व असुलीमा दोब्बरले बृद्धि (यस्तो छ कारण)
भन्सारले लक्ष्य अनुसार राजश्व उठान नसक्नु राज्यकै कारणले गर्दा भएको भन्सार कर्मचारी आरोप लगाउने गर्दछन् । नेपालमै क्लीङ्कर उत्पादन हुनु, भारतीय खसीबोका आयातमा कडाई गरिनु, छोटी भन्सार ठूलो भन्सारमा रुपान्तरण हुनु र भन्सार राजश्व लक्ष्य होचुवाको भरमा बुद्धि गर्नु जस्ता कारणले राजश्व उठाउन नसकिएको भन्सार कर्मचारीको तर्क छ ।
यद्यपि गत बर्ष १५२.७९ प्रतिशत राजश्व बृद्धि हुँदा भन्सार लक्ष्य ४ अरब १३ करोड ५ लाख बराबर रहेको थियो । जसमा ६ अरब ३१ करोड ११ लाख बराबर राजश्व उठेको थियो । सोही राजश्व उठेको आकंलन गर्दै अर्थ मन्त्रालयलले कृष्णनगरलाई गत आवमा ६ अरब ५७ करोड, २१ लाख बराबरको राजश्व उठाउने लक्ष्य दिएको थियो । जुन गत बर्ष उठेको राजश्व भन्दा ४४ करोड बढी लक्ष्य हो । तर, गत आवमा राजश्व ४ अरब ६७ करोड, ८६ लाख उठेको छ ।
नेपालको सिमानाबाट सबैभन्दा नजिकको ब्रोडगेज लाईन भएको भारतीय रेलवे स्टेसन भएकाले पनि यो नाकाबाट बढी राजस्व संकलन हुने अपेक्षा भन्सार अधिकारीहरुको थियो । तर, त्यसो हुन सकेन् ।
विगतलाई नियाल्दा
कृष्णनगर भन्सारमा बार्षिक लक्ष्यको ५२ प्रतिशत राजश्व उठ्यो
भन्सारको राजश्वका मुख्य स्रोत क्लिङ्कर, खरानी, जिप्सम, कोइला र बक्ससाईट आयात हो । त्यसैगरी कोईला, जीरा चामल र कनिका, गहुँ, खसीबोका, फलफुल, तरकारी, कपडा, जुत्ताचप्पल र औद्योगिक मेसिनरीका पाटपुर्जा आयातबाट पनि राजश्व संकलन भएको छ । भन्सारलाई सुचना र प्रबिधिमैत्री बनाउन आशीकुडा वल्र्ड प्रणाली लागु गरिएको छ ।
प्रतिक्रिया