एजेन्सी ।
बलिउड अभिनेत्री करिना कपुर खान आफ्नो फिल्मी करिअरमा जति नै व्यस्त भए पनि परिवार र साथीसँग समय बिताउन भुल्दिनन् । करिना आफ्ना छोरा तैमुरकी केयरिङ आमा मात्रै होइनन् दिदी करिश्माका छोराछोरी समायरा र कियानलाई पनि उत्तिकै केयर गर्छिन् ।
करिना दिदीको छोरी समायरालाई के सल्लाह दिन चाहन्छिन् ? करिनाले भनिन्, ‘अहिलेको समयमा सोसल मिडियाले हाम्रो जीवनमा धेरै असर पारेको छ । सोसल मिडियाको नकारात्मक असरबाट छोरी सायरालाई टाढा राख्न मैले दिदी करिश्मालाई बारम्बार सम्झाउने गरेकी छु ।
समायरालाई ज्यादा सोसल मिडिया प्रयोग गर्नबाट रोक लगाउनुपर्छ ।’ करिनाले भनिन्, ‘करिश्माकी १४ वर्षकी छोरी छन् । उनी ज्यादा समय सोसल मिडियामा व्यस्त रहन्छिन् । मैले लोलो (करिश्मा) लाई यो सब कम गर्न भनेकी छु। सोसल मिडियाको चक्करमा घण्टौं एकै ठाउँमा बसिरहनु राम्रो होइन ।’
करिना अक्षय कुमारसँग फिल्म ‘गुड न्युज’ मा देखिँदै छिन् । यसका साथै उनी इरफान खानको फिल्म ‘अंग्रेजी मिडियम’ र करण जौहरको ‘तख्त’ मा पनि काम गरिरहेकी छन् ।
प्रतिक्रिया