मयादेवी अनलाइन, कपिलवस्तु ।
रुपन्देहीमा डुँगीको महामारी फैलिएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीमा डेँगी संक्रमितको सं ८ सय ११ पुगेको छ । ६ सय ३८ रहेकोमा बिहिबार सो संख्या बढेर ८ सय नाघेकोहो । स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २ दिनमा मात्र २१ सय ७३ जनामा डेंगुको संक्रमण देखिएको छ ।
भेक्टर कन्ट्रोलर केदारनाथ शाहका अनुसार रुपन्देहीका सबै अस्पतालहरुको आंकडालाई केलाउँदा पनि एकिन तथ्यांक नआएको भन्दै अझै बढी हुन सक्ने आसंका औँल्याउनु भयो ।
बिबरणमा जिल्लाका सबै अस्पतालहरुको एकिन तथ्याङ्क समावेश भएको छैन । सो तथ्याङ्क बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल लगायत जिल्लामा सञ्चालित केही ठुला अस्पतालमा परिक्षण गराएका बिरामिहरुको मात्रै हो । रुपन्देहीमा यस बर्ष पहिलो पटक गत साउन ३१ गते एकै दिन ४ जनामा डेँगु देखिएको थियो । दिनदिनै डेँगीको संक्रमण बढेपछि स्वास्थ्य कार्यालयले सतर्कता अपनाउन आग्रह पनि गरेको छ ।
९ आश्विन २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया