शिवलाल सुवेदी, गुल्मी ।
गुल्मीमा पनि डेंगु फेला परेको छ । देशभर डेंगुको महामारी फैलिरहेको वेला गुल्मीमा पनि डेंगुका विरामी फेला परेका छन । विहीवार जिल्लाको सत्यवती गाउँपालिमा रहेका जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्न आएका ५ जनामा डेगुको सक्रमण देखिएमो प्राथमिक स्वास्थ्य केन्द्रले जानकारी दिएको छ ।
केन्द्रका ल्याब टेक्निसियन खिमलाल पाण्डेका अनुसार लामो समयसम्म ज्वरो आएपछि स्वास्थ्य केन्द्रमा चेकजाचँ गर्न आएका विरामीहरु मध्ये ५ जनामा डेगु देखिएको बताए । सत्यवती गाउँपालिका ५ का १२ बर्षिय एक बालक, सत्यवती ६ का ३६ बर्षिय एक महिला तथा चन्द्रकोट गाउँपालिका ७ का ६० बर्षिया एक बृद्धमा डेगु देखिएको हो पाण्डेले भने“ बुटबल उपमहानगरपालिका १३ का ३५ र २८ वर्षका अन्य दुई जना पुरुषपनि आफन्तको आएको वेला उपचार गर्न आउदाँ डेगु देखिएको छ ।” चेकजाचँको क्रममा डेगु देखिएको भएपनि नाम भने सार्वजनिक गर्न नमिल्ने पाण्डेको भनाई रहेको छ ।
जिल्लामा डेगुको सक्रमण बढन नदिन र देखिएमा तत्काल उपचार गर्न जिल्ला अस्पताल तम्घासले सार्वजनिक सुचना मार्फत अपिल गरेको छ । अस्पतालका प्रमुख डाक्टर उत्तम पाच्याका अनुसार आफुहरुले स्वास्थ्य सस्थाहरु मार्फत डेगुको उपचार र बच्ने तरिका वारे जिल्लाभर जनचेतनाका कार्यक्रमहरु सञ्चालन गरको बताए ।
९ आश्विन २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया