बुटवल ।
पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानीका लागि उत्साहजनक वातावरण तयार भएको बताएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री दाहालले लगानीमैत्री वातावरण बनिसकेको बताए ।
‘लगानीको निम्ति भौगोलिक र अन्य सबै हिसाबले पनि वातावरण बनेको छ, उनले भने, ‘लगानी भित्राएर मुलुकलाई समृद्ध बनाउने ऐतिहासिक कार्यभार हामीमाझ आएको छ, यसलाई हामीले उचित ढंगले काम गर्नसक्नुपर्छ ।’
तिलोत्तमा नगरपालिकाले मुलुकलाई नै लगानीका लागि उपयुक्त छ भन्ने सन्देश दिएको भन्दै नेकपाका अध्यक्षसमेत रहेका दाहालले रुपन्देही क्षेत्रलाई मुलुककै व्यापार, व्यवसायका निम्ति महत्वपूर्ण द्वारका रुपमा उपयुक्त रहेको बताए ।
‘यो सम्मेलनलाई मुुलुकले पनि राम्रैसँग हेरेको छ’, उनले भने ‘तिलोत्तमाको यो प्रयासलाई संसारले पनि हेरिरहेको छ, यसले दीर्घकालीन महत्व राख्छ, यसबाट अरु स्थानीय तहहरुले पनि सिकुन् ।’ उनले नेकपाले सरकारको नेतृत्व लिएको डेढ वर्षमात्रै भएको भन्दै उनले धेरै नकारात्मकता नफैलाउन आग्रह गरे।
९ आश्विन २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया