गुल्मी ।
चोरीको घटनामा संलग्न भएको आशंकामा गुल्मीमा ८ जना पक्राउ परेका छन् । जिल्लाको रेसुंगा नगरपालिका र गुल्मीदरबार गाउँपालिकामा गएको आइतबारदेखि श्रृंखलाबद्ध रूपमा ४७ घरमा चोरी भएको थियो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले अनुसन्धानका लागि ८ जना पक्राउ गरेको प्रहरी नायब उपरीक्षक ९डीएसपी० मीनबहादुर घलेले जानकारी दिनुभयो । पक्राउ परेकाको जनाको नाम सार्वजनिक गरिएको छैन । उनीहरूलाई थप अनुसन्धानको लागि प्रहरी चौकी मजुवामा राखिएको छ । उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चोरी गर्ने व्यक्तिको खोजीका लागि गुल्मीमा सुरक्षाकर्मी र स्थानीयले गएको तीन दिनदेखि गाउँमा रातभर गस्ती अभियान गरिरहेका छन् ।
९ आश्विन २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया