काठमाण्डौ ।
सुनको भाउ बिहीबार तोलामा एक हजार रुपैयाँ घटेको छ । सुन बिहीबार तोलाको ७१ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । बुधबार तोलामा ६ सय रुपैयाँ बढेर तोलाको ७२ हजार रुपैयाँ पुगेको सुनको भाउ बिहीबार घटेको हो । यस्तै, चाँदी पनि तोलामा २५ रुपैयाँ घटेर तोलाको ८ सय ६५ रुपैयाँमा झरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा नै भाउ घटेकाले नेपाली बजारमा पनि केही कम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया